Skip to main content

Sacho Khabar

नक्कली सुन देखाएर ठगी गर्ने गिरोह विराटनगरबाट पक्राउ

 

विराटनगर । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको   छ । कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने नेपाल र भारतका छ जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई सोमबार मोरङ प्रहरीले नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार गत कार्तिक २७ गते यो गिरोहले संखुवासभा पाचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङको एकलाख १० हजार नगद आफन्त भएरै चोरी गरेका थिए । विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आउनु भएका तामाङसँग आफन्त भएको नाता लगाएर उनीहरुले रकम लुटेपछि कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरेर मोरङ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सार्वजानिक गरेको हो ।

प्रहरी उपरीक्षक चिमरियाका अनुसार पक्राउ पर्नेमा झापा तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको बंगालस्थित नक्सालवाडीका ५१ वर्षीय नारायण गुरुङ, नक्सलबाडीका ३४ वर्षीय सन्जय शर्मा छन् ।

उनीहरुको समूहले पूर्वका विभिन्न जिल्लामा नक्कली सुनका टिल (बिस्कुट) बोकेर सर्वसाधारणसँग चिनजान गर्ने र त्यसपछि आफन्त भएर नजिकीने गरेको खुलेको छ । आफन्त भएपछि उनीहरुको असजिलो बुझेर नक्कली सुन देखाउने, पैसा भएको थाहा पाए झुक्याएर चोरी गरेर फरार हुने गरेको खुलेको छ । होटलमा बस्दा समेत उनीहरुले आफ्नो पहिचान बदल्ने र बारम्बार होटल परिवर्तन गर्ने गरेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो ।

राम्रा पोशाकमा सजिएका उनीहरुले पछिल्लो समय विराट टिचिङमा घटाएको घटना सिसी टिभी फुटेजका आधारमा प्राविधिक विश्लेषण गरेर पत्ता लगाइएको थियो । उनीहरुको गिरोहलाई प्रहरीले अशोक तामाङ लुटपाट गिरोहको रुपमा खोजतलास गरेको थियो । सुनसरीको इटहरीमा रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...