Sacho Khabar

चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

  नेपाली कथानाक चलचित्र 'बर एण्ड बधु' यही भदौ १४ गतेदेखि देशैभरिबाट एकसाथ प्रदर्शनमा आउने भएको छ आज विहिबार स्लाइस एण्ड स्पाइस क्याफे बिर्तामोडमा चलचित्रका कलकारहरु आचल शर्मा, किरण केसी र नवनायक विबेक कर्मचार्य सहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापाले पत्रकारहरुसंग अन्तरक्रिया गरी चलचित्रका बारेमा जानकारी दिएका हुन् चलचित्र वर एण्ड वधुलाई नेपाल लगायत रोमानिया, इटाली र फ्रान्सको बिभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएकोे आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराएका छन् नवनायक विबेक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए…
Read More
बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

  साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्। बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल…
Read More
सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ

सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ

  देउखुरी भाद्र ६ ।। घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताए । उनले भने, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।” प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका…
Read More
शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

  बिर्तामोड भाद्र ५।। झापाको शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् ।कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भाग डढेल्नोमा तीनवटा सुम्ला छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन्। उनले आफू विद्यार्थीको उपचार भइरहेको बिर्तासिटी अस्पतालतर्फ गइरहेको बताए । बुधवार कक्षा कोठामा नेपाली…
Read More
औषधी उद्योगमा विस्फोट कम्तीमा १७ जनाको मृत्यु

औषधी उद्योगमा विस्फोट कम्तीमा १७ जनाको मृत्यु

  एजेन्सी ।।भारतको आन्ध्र प्रदेशमा एक औषधी उद्योगमा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। अनाकापल्ली जिल्लाको एसईजेडस्थित एसिएन्टिया एडभान्स साइन्स प्राइभेट लिमिटेड नामको उद्योगमा बुधबार रिएक्टर विस्फोट भएको थियो। यो विस्फोटले उद्योगको एउटा तला भत्किएको थियो भने कामदार विस्फोटपछिको आगोको लप्कामा परेका थिए। आगलागीमा गम्भीर घाइते भएका ३६ जनालाई अस्पताल भर्ना गरिएको छ । ३८१ कामदारले दुई सिफ्टमा काम गर्दै आएको यस उद्योगमा विस्फोटको समयमा धेरैजसो व्यक्ति खाजा खान बाहिर निस्किएकाले मानवीय क्षति कम भएको अधिकारीहरुले जनाएका छन्। उद्योगभित्रै रहेका कर्मचारीमध्ये अधिकांश आगलागीमा परेको समाचार एजेन्सीले जनाएका छन्।
Read More
नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु मृत फेला

नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु मृत फेला

  झापा।। विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु (छोरा) जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्छ । शिशु कसले जन्माएर फालेको हो भन्ने अहिलेसम्म यकिन भइनसकेको बस्नेत बताउँछन् । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
Read More
गोलाखर्क राजदुवाली सडक खण्डमा वैकल्पिक सडक निर्माण हुने

गोलाखर्क राजदुवाली सडक खण्डमा वैकल्पिक सडक निर्माण हुने

  इलाम, भदौ ५ ।। करोडौँ रुपियाँ खर्चँदा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माइखोला राजदुवाली माथिको सडक खण्डको वैकल्पिक सडक निर्माण हुने भएको छ । इलाम नगरपालिका–१० गोदकको सिमल गोलाई देखि माइजोगमाई गाउँपालिकामा पर्ने माइबेनी हुँदै इलाम तिल्केनी जोड्ने गरी वैकल्पिक मार्ग बन्ने भएको हो । यो सडकका लागि चालू आर्थिक वर्षमा योजना आयोगको रातो किताबमा एक करोड रुपियाँ बजेट रहेको उल्लेख छ । हरेक वर्ष वर्षायाम सुरु भएपछि राजमार्गको यो खण्डमा सवारीहरू कष्टपूर्ण ढङ्गले सञ्चालन हुने गरेका थिए । पछिल्लो पटक सडक हिलाम्य भएपछि पुनः निरिक्षणमा पुग्नु भएका सडक डिभिजन कार्यालय इलामका इन्जिनियर लक्ष्मण बरालले…
Read More
झापाको दुई भिन्न ठाउँमा खुकुरी प्रहारबाट एकको मृत्यु एक घाइते।

झापाको दुई भिन्न ठाउँमा खुकुरी प्रहारबाट एकको मृत्यु एक घाइते।

  झापा भाद्र ४ ।। झापाको दुई भिन्नाभिन्नै ठाउँमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।  झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् भने  झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् । आज साँझ पौने ७ बजे शिवसताक्षीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती २९ वर्षीया रञ्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । उनका पति ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरीले हानेर रञ्जनाको हत्या गरेको छिमेकीले बताए । शिवसताक्षी ८ निपत्रियाको घटना पतिपत्नीबीचको आन्तरिक कलहका कारण भएको हुनसक्ने छिमेकीले अनुमान गरेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय…
Read More
बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउनेको संख्या बढ्यो

बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउनेको संख्या बढ्यो

  बिर्तामोड, ४ भदौ : बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन्। नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी)…
Read More
यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने

यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने

  बिर्तामोड भाद्र ४ ।। यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने भएको छ । ‘दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१द्वारा सम्मान गरिने प्रतिष्ठानले जनाएको  छ । राजा पुनियानी भारत दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक हुन । यस अघि यसअघि पुरस्कारबाट कवि तथा लेखक प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बा सम्मानित भइसकेका छन् । राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित २०७६ सालमापुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशि…
Read More