Skip to main content

Sacho Khabar

यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने

 

बिर्तामोड भाद्र ४ ।। यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने भएको छ ।

‘दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१द्वारा सम्मान गरिने प्रतिष्ठानले जनाएको  छ ।

राजा पुनियानी भारत दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक हुन । यस अघि यसअघि पुरस्कारबाट कवि तथा लेखक प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बा सम्मानित भइसकेका छन् ।

राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित २०७६ सालमापुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशि सम्मान पत्र सहित तीस हजार रहेको छ ।

बिक्रम सम्बत १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका दिव्य बिक्रम नेम्बाङ बैरागी काइँला, ईश्वरवल्लभ र ईन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’ साहित्यिक पत्रिकाका प्रकाशक थिए । अध्ययन र निर्वासनको क्रममा लामो समय दार्जीलिङ बसेका नेम्बाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान समेत पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...