Sacho Khabar

झापाको दुई भिन्न ठाउँमा खुकुरी प्रहारबाट एकको मृत्यु एक घाइते।

 

झापा भाद्र ४ ।। झापाको दुई भिन्नाभिन्नै ठाउँमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।  झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् भने  झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् ।

आज साँझ पौने ७ बजे शिवसताक्षीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती २९ वर्षीया रञ्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । उनका पति ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरीले हानेर रञ्जनाको हत्या गरेको छिमेकीले बताए ।

शिवसताक्षी ८ निपत्रियाको घटना पतिपत्नीबीचको आन्तरिक कलहका कारण भएको हुनसक्ने छिमेकीले अनुमान गरेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेले पुगिसेकेको छ । प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको घटनाका प्रत्यक्षदर्शीले बताए ।

यस्तै झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् ।

आज साँझ ०७ः१० बजेको समयमा मेचीनगर-३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले छोरा ३० वर्षीय डिल्लीराम दाहाललाई दाउले हानेको प्रहरीले जनाएको छ ।

खाना खाने विषयलाई लिएर विवाद हुँदा पुण्यप्रसादले एक्कासी टाउकोको पछाडि भागमा दाउ प्रहार गर्दा सामान्य चोट लागेको छ ।
डिल्लीरामको स्थानीय मेडिकल दोकानडाँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेको अवस्था सामान्य रहेको छ भने धारिलो हतियार र धारिलो हतियार प्रहार गर्ने पुण्यप्रसादलाई अस्थायी प्रहरी पोस्ट भृकुटीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...