Skip to main content

Sacho Khabar

खेलकुद

साफ महिला च्याम्पियनसिप, समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो

साफ महिला च्याम्पियनसिप, समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो

   काठमाडौं ।।  साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो भुटानसँग पहिलो बराबरी हो । दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न सकेन । साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न सकेन । नेपालले साफ च्याम्पियनसिपको समूह चरणको खेलमा गोल नै गर्न नसकेको पनि यो पहिलो अवसर हो । यसअघि साफको…
Read More
अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

  दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा २८, बलिङमा ३ विकेट तथा १ रन आउट गराएका थिए । भ्रमणकारी टोलीले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र जोड्न सक्यो । घरेलु टोलीका लागि शायन जाहन्गिरले ३४ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले…
Read More
चौथो मिस्टर झापाको उपाधि अभिजित राजवंशीलाई

चौथो मिस्टर झापाको उपाधि अभिजित राजवंशीलाई

  बिर्तामोड असोज २१ ।। झापाको बिर्तामोडमा सम्पन्न चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै नगद एक लाख ५१ हजार र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले नगद एक लाख एक हजार र ट्रफी पाए । तेस्रो भएका दिवस श्रेष्ठले नगद ७६ हजार र ट्रफी पाए । ६० केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् । त्यस्तै, चौथो भएका प्रकाश सुनारले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । ५५…
Read More
नेपाल ले ओमान लाई ३७ रन ले हरायो

नेपाल ले ओमान लाई ३७ रन ले हरायो

  काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।…
Read More
एएफसी यु–२० एसियन कप, नेपाल समूह चरणबाटै बाहिरियो।

एएफसी यु–२० एसियन कप, नेपाल समूह चरणबाटै बाहिरियो।

  बिर्तामोड  ।।  एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको  अन्तिम खेलमा पनि हार बेहोरेको छ । समूह बी मा रहेको नेपालले शुक्रबार (आज ) आफ्नो अन्तिम खेलमा बहराईनसाग् ४–० ले पराजित हुदै प्रतियोगिताबाट  बाहिरिएको छ। समूह चरणका चार खेलबाट नेपालले ३ अंक मात्र जोड्दै समूह बी को तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्यो । नेपालले खेलेको तीन खेल मध्ये आयोजक चाइनिज ताइपेई विरुद्ध मात्र ३–१ को जित निकालेको थियो । त्यसबाहेक आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ र बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भएको थियो । यो जितपछि ३ खेलबाट बहराईनको ६ अंक छ र समूहको तेस्रो स्थानमा छ…
Read More
श्रीलङ्कालाई ४-० गोल अन्तरले हराउँदै नेपाल विजयी

श्रीलङ्कालाई ४-० गोल अन्तरले हराउँदै नेपाल विजयी

  दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अंक जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो…
Read More
नेपाल पुलिस क्लबले जित्यो काभा च्याम्पियनसिपको उपाधि

नेपाल पुलिस क्लबले जित्यो काभा च्याम्पियनसिपको उपाधि

  नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपको च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित निकाल्दै पुलिस च्याम्पियन भएको हो । पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो । पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३-२ सेटको जित…
Read More
विजया दशमीको उपलक्ष्यमा प्रेस क्लब स्तरीय फुटबल प्रतियोगिता हुने

विजया दशमीको उपलक्ष्यमा प्रेस क्लब स्तरीय फुटबल प्रतियोगिता हुने

  झापा ।। बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ झापामा लामो समय देखि सञ्चारकर्मी बिच खेल नभएको अवस्थामा प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड वडादशैँको पावन अवसर पारेर सम्पूर्ण झापाली सञ्चारकर्मीलाई एउटै मैदानमा उपस्थित गराई जिल्ला स्तरीय फुटबल प्रतियोगिता मिडिया कप (प्रेस क्लब स्तरीय) २०८१ गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा झापाका ७ वटा प्रेस क्लबका टिम सहभागी रहनेछन् । मिडिया कपको प्रथम पुरस्कारको रुपमा ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु २५ हजार त्यस्तै उपविजेता टिमले पनि ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु १५ हजार रहेको बताइएको…
Read More
नेपाल पुलिस क्लब सत प्रतिशत जितसहित फाइनल प्रवेश, लिग चरणको अन्तिम खेलमा आज माल्दिभ्स पुलिससँग खेल्ने

नेपाल पुलिस क्लब सत प्रतिशत जितसहित फाइनल प्रवेश, लिग चरणको अन्तिम खेलमा आज माल्दिभ्स पुलिससँग खेल्ने

  झापा।। काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा शतप्रतिशत जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार प्राम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबको सामना गर्दैछ। खेल स्थानीय समयअनुसार बेलुका ५ बजे हुनेछ। नेपाल पुलिस चार खेलबाट ११ अंक जोडेको एक खेलगावै फाइनलमा पुगिसकेको छ। नेपाल पुलिसले १२ सेट जित्दा दुई सेट मात्रै गुमाउनु परेको छ। बिहीबार घरेलु टोली वाम्कोलाई नेपाल पुलिसले ३–२ को सेटमा पराजित गरेको थियो। अन्य तीन खेलमा भने नेपाल पुलिसले ३–० को सोझो सेटमा जित हासिल गरेको थियो। माल्दिभ्स पुलिस भने प्रतियोगिताबाट बाहिरिसकेको छ। समान खेल खेलेको माल्दिभ्स पुलिसले एक जितसहित तीन…
Read More
कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

  भद्रपुर भाद्र ३० ।। कोशी प्रदेशस्तरीय  पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेका छन। आइतवार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक…
Read More