Skip to main content

Sacho Khabar

चौथो मिस्टर झापाको उपाधि अभिजित राजवंशीलाई

 

बिर्तामोड असोज २१ ।। झापाको बिर्तामोडमा सम्पन्न चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् ।

७० केजी तौल समूहका उनले उपाधिसँगै नगद एक लाख ५१ हजार र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले नगद एक लाख एक हजार र ट्रफी पाए ।

तेस्रो भएका दिवस श्रेष्ठले नगद ७६ हजार र ट्रफी पाए । ६० केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् ।

त्यस्तै, चौथो भएका प्रकाश सुनारले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । ५५ केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् ।

पाँचौँ भएका विक्रम मेचेले नगद ३६ हजार र ट्रफी पाए । ७० केजी माथिका उनी ग्यालेक्सी फिटनेसका हुन् ।

प्रतियोगिताअन्तर्गत व्यक्तिगततर्फ बेस्ट मस्कुलरमा बडी ग्यारेजका प्रेम राजवंशी विजेता बने भने बेस्ट पोजरतर्फ यारो फिटनेसका मिङसो लिम्बू विजयी भए । उनीहरुले नगद पाँच हजार पाए ।

भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गरेको प्रतियोगितामा झापाली खेलाडीहरुलाई मात्र सहभागी गराइएको प्रतियोगिताका अध्यक्ष तथा प्रथम मिस्टर झापा, कलाकार सुवास मेचेले बताए ।

झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले गरेका थिए ।

प्रतियोगिता आयोजक अध्यक्ष मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत आयोजक फर्स्ट स्टेप फिटनेसका सञ्चालक धनञ्जय गनगाईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...