मेचिनगर साउन ३॥लायन्स क्लब अफ बिर्तामोड सिटीले झापाको मेचीनगरस्थित अमर प्राथमिक विद्यालयलाई ६ थान पंखा (सिलिङ फेन) बितरण गरेको छ । मेचीनगर–१२ धानजनस्थित बिद्यालयका बिद्यार्थीहरुकालागि पठनपाठनमा सहजता पुर्याउने हेतुले बिद्यालयलाई पंख बितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटीका बर्ष सन् २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले जानकारी दिनुभयो। उहाँले गर्मीको समयमा टिनको छानो भएको विद्यालयको भवनमा पंखा विना नै बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य भईरहेको भन्ने जानकारी पाएपछि लायन्स क्लव अफ बिर्तामोड सिटीले तत्कालै ६ थान पंख लगेर विद्यालयलाई हस्तनान्तरण गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक, बिद्यार्थी र अविभावकहरुको उपस्थितिमा विद्यालयमका भएको पंखा बितरण कार्यक्रममा लायन्स क्लब अफ…
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको प्राविधिक शिक्षालयमा प्रशिक्षक र बिध्यार्थीहरुले प्रशासन शाखामा तालावन्दी गरेका छन पाँच महिनादेखि तवल नपाएपछि प्रशिक्षकहरुले तालावन्दी गरेका हुन् । करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक नविन किशोर बिमलीले जानकारी दिए । उनले शिक्षालयमा कार्यरत प्रशिक्षकको भुक्तानी रोकेपछि तालावन्दी गरेको बताए । सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो, उनले भने – अहिले साउन अन्तिम र भदौ पहिलो हप्ता भनिदैछ । प्रतिष्ठान नै अस्तव्यवस्त अवस्थामा पुगेको बताउदै विमलीले प्रशिक्षकहरुले सामूहिक राजीनामा दिइसकेको जानकारी दिए । पटक–पटक फोन…
बिर्तामोड स्टडी पार्क इलाम शाखाले एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीको शैक्षिक प्रगति र बालबालिकाको शिक्षाको क्षेत्रलाई मध्यनजर गर्दै स्टडी पार्कले कक्षा सञ्चालन गरेको निर्देशक सरोज पौडेलले जानकारी दिए । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्टडी पार्कले आफ्नो इलाममा रहेको शाखामा एसईईमा अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको इलाम शाखा प्रमुख दिलिप पौडेलले बताए । बिर्तामोड स्टडी पार्कले लामो समयदेखि विद्यार्थीको पढाइको क्षेत्रमा रचनात्मक कामहरु गर्दै भाषाका प्रशिक्षणहरु गर्दै आएको छ । स्टडी पार्कले विदेश पढ्न जान चाहाने विद्यार्थीका लागि काउन्सिलङ गर्ने गरेको छ । त्यस्तै केही समय अघि मात्र…
बिर्तामोड असार १८॥ झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमी अध्ययनका लागि अभिभावक र विद्यार्थीको मुख्य रोजाइमा पर्ने गरेको छ । हरेक अभिभावकको चाहना आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हुन्छ । छोराछोरीको भविष्य सुन्दर बनाउन अभिभावक उत्कृष्ट र स्थापित विद्यालयको खोजीमा रहेका हुन्छन् । न्यूटन्स एजुकेशन एकेडेमीमा दक्ष शिक्षकबाट गुणस्तरीय माध्यमले पढाई हुने भएपछि विद्यार्थीको आकर्षण बढेको हो । बिधालयले एसईई परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । यस बर्षको एसईई परिक्षामा ९४ ।६९ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ भने गत बर्ष जिल्लामै उत्कृष्ट समेत भएको थियो । एकै छानामुनी कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने…
काठमाडौं असार १४॥ माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।
झापा असार १३ - माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये १८६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन्। ४७ ।८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकाे बाेर्डले जनाएकाे छ। बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। ५२ ।१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएकाे बाेर्डले जनाएकाे छ। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल…
बिर्तामोड असार ११॥ चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजना नेपाल चलचित्रकर्मी संघको प्रबर्दन र बिर्तामोड नगरपालिकाको आर्थीक सहयोगमा एक दिने चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रम झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतरा प्रसाईको, प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चलचित्र पत्रकारिता सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको तालिमको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामी र चलचित्र पत्रकार शान्ति प्रियाले सहजिकरण गरेका थिए। तालिमामा झापाका बिभिन्न संचार माद्यममा कामगर्ने ४० भन्दाबडी पत्रकारहरुको सहभागिता रहेको थियो। तालिमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको र पछिल्लो…
झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई डिसिप्लिन इन्चार्जले मरणासन्न हुनेगरी कुटपिट गरेका छन् विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो। कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छिया-छिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्। कक्षामा होहल्ला गरेको सामान्य कारणमा आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।
काठमाण्डौ असार ६ ।। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने…
अन्स न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गर्दै न्यूटन्स् बाल क्लबले चौथो अधिबेशन सम्पन्न गरेको छ । पुर्न:गठित क्लबको उपाध्यक्षमा सोनाली विमली,कोषाध्यक्ष केबिसा गुरागाईं , सचिव न्युसन थापा ,सहसचिव युवराज ल्वागुन चयन भएका छन् भने सदस्यहरु पुजा ताम्लिङ , प्रज्वल थापा ,संकेत कट्टेल, सन्दिप प्रसाई, सुप्रिया तामाङ, स्पन्दन सिटौला, सुप्रिम अधिकारी, दिपिका तिम्सिना, मनसा शिवाकोटी, उषाली खनाल, स्मृति नेपाल, वैभव चौहान, रुहान गौतम, मेरिना दंगाल, सान्वी बराइली सर्वसम्मत चयन गरिएको बाल क्लबकि फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजेकेशन एकाडेमिमा रहेको बालक्लबले विविध रचनात्मक गतिविधि गर्दै आएको छ । सदस्य निशा भट्टराईले स्वागत गरेको कार्यक्रममा…