Skip to main content

Sacho Khabar

लायन्स क्लब अफ बिर्तामोड सिटीले विद्यालयलाई पंखा (सिलिङ फेन) बितरण

 

मेचिनगर साउन ३॥लायन्स क्लब अफ बिर्तामोड सिटीले झापाको मेचीनगरस्थित अमर प्राथमिक विद्यालयलाई ६ थान पंखा (सिलिङ फेन) बितरण गरेको छ ।

मेचीनगर–१२ धानजनस्थित बिद्यालयका बिद्यार्थीहरुकालागि पठनपाठनमा सहजता पुर्याउने हेतुले बिद्यालयलाई पंख बितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटीका बर्ष सन् २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले जानकारी दिनुभयो।

उहाँले गर्मीको समयमा टिनको छानो भएको विद्यालयको भवनमा पंखा विना नै बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य भईरहेको भन्ने जानकारी पाएपछि लायन्स क्लव अफ बिर्तामोड सिटीले तत्कालै ६ थान पंख लगेर विद्यालयलाई हस्तनान्तरण गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक, बिद्यार्थी र अविभावकहरुको उपस्थितिमा विद्यालयमका भएको पंखा बितरण कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रक ३२५ एरिया १ चिफ शैलेन्द्र कुरुङ्वाङको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटीका प्रथम उपाध्य राजकुमार गुप्ता, द्धितिय उपाध्यक्ष संजय चौधरी, त्रृतीय उपाध्यक्ष पदम बहादुर पुरी, क्लब सचिव लक्षुमण खड्का(प्रेम), कोषध्यक्ष राजकुमार साह, क्लब डाइरेक्टरहरु कमल थापा र बासुदेव उप्रेतीको उपस्थिति रहेको थियो ।विद्यालयकी शिक्षिका प्रेमकुमारी चपागाईले स्वागत गर्नुभएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक हेमराज रिजालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...