Sacho Khabar

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चाल गरेको प्राविधिक शिक्षालयमा तालावन्दी

 

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं  २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको प्राविधिक  शिक्षालयमा  प्रशिक्षक र बिध्यार्थीहरुले प्रशासन शाखामा तालावन्दी गरेका छन

पाँच महिनादेखि तवल नपाएपछि प्रशिक्षकहरुले तालावन्दी गरेका हुन् । करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक नविन किशोर बिमलीले जानकारी दिए । उनले शिक्षालयमा कार्यरत प्रशिक्षकको भुक्तानी रोकेपछि तालावन्दी गरेको बताए । सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो, उनले भने – अहिले साउन अन्तिम र भदौ पहिलो हप्ता भनिदैछ । प्रतिष्ठान नै अस्तव्यवस्त अवस्थामा पुगेको बताउदै विमलीले प्रशिक्षकहरुले सामूहिक राजीनामा दिइसकेको जानकारी दिए ।

पटक–पटक फोन सम्पर्क गर्दा समेत फोन नउठाएपछि तालावन्दी गरिएको बताइएको छ । तालावन्दीपछि आज सञ्चालक समितिहरु समेत शिक्षालय आएका थिए । प्रशिक्षक र विद्यार्थीसँग समेत भएको छलफलले निकासको बदलामा समस्या थप गरेको विलमीले बताए ।

प्रशिक्षक र अध्ययनरत विद्यार्थीले आज सञ्चालक समितिसँग छलफलका क्रममा चित्त नबुझाएपछि स्थिति तनावपूर्ण भएको थियो । प्रतिष्ठानका अध्यक्ष ज्योतीसिंह दर्लामीले कुरा राख्ने क्रममा प्रशिक्षक र विद्यार्थीहरु आक्रोसित भएका हुन् । उनीहरुले फेरि पनि आलटाल गर्ने प्रयास भएकाले आन्दोलन नरोकिने प्रतिक्रिया दिएका छन् ।

यो घटनाले शिक्षालयभित्रको बेथिती छताछुल्ल भएको छ । शिक्षालयमा कार्यरत प्रशिक्षक र विद्यार्थीहरुले त्यहाँभित्रको समस्याप्रति सञ्चालक समिति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । समयमा तलव नदिने, प्रयोगात्मक सामग्रीको व्यवस्था नगर्ने समस्याले विद्यार्थीको पठनपाठन समेत प्रभावित भइरहेको छ ।

गत जेठ महिनामा भएको सहमति अनुसार कार्यान्वयन नभएपछि प्रशिक्षकसँगै विद्यार्थी पनि आन्दोलित भएका हुन् । विद्यार्थीहरुले नियमित पठनपाठन हुनुपर्ने, प्रयोगशालाको व्यवस्थापन गर्नुपर्ने लगायतका माग गरेका छन् । उनीहरुले शिक्षालय समस्याग्रस्त भएपछि सिटिइभिटी, शिक्षा मन्त्रालय, प्रतिष्ठानको केन्द्रीय कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन समेत दिएका छन् । विद्यार्थीहरुले सबै रकम फिर्ता गर्दै अर्को प्राविधिक शिक्षालयमा स्थान्तरणको माग अघि सारेका छन् ।

हरेक विद्यार्थीहरुसँग १ लाख ७० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म रकम लिने गरिएको छ । स्रोत व्यवस्थापनमा समस्या नभए पनि भुक्तानी नदिएको प्रशिक्षकहरुको भनाई छ । बाली विज्ञान, पशु विज्ञान र वन विज्ञान पठनपाठन गरिरहेको प्रतिष्ठानमा एक ब्याचका विद्यार्थीहरु पास आउट भइसकेका छन् । पास आउट भएका विद्यार्थीहरुले सर्टिफिकेट नपाएको, धरौटी वापत बुझाएको रकम फिर्ता नपाएको र छात्रवृत्ति पाउने विद्यार्थीहरुले बुझाएको लाखौं रुपैयाँ फिर्ता नभएको विद्यार्थीहरुले दुखेसो पोखेका छन् ।

प्रतिष्ठान व्यवस्थापन समितिका अध्यक्ष ज्योतीसिंह दर्लामीले स्रोत व्यवस्थापनमा कठिनाई भएको जानकारी दिए । उनले सिटिइभिटी र स्थानीय तहबाट प्राप्त गर्नुपर्ने बजेट नआएका कारण भुक्तानीमा कठिनाई भएको बताएका छन् ।

शिक्षालयको समस्याका बारेमा जानकारी गराउदा समेत सुनुवाई नगर्ने, धम्क्याउने गरेको विद्यार्थीहरुको आरोप छ । प्रतिष्ठानको अवस्था संकटग्रस्त भएकाले विद्यार्थीहरुले आफ्नो भविष्य सुरक्षाका लागि स्थान्तरण गर्न आग्रह गरेका छन्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...