Sacho Khabar

Day: २०८२ बैशाख २१, आईतवार

धादिङको गजुरिमा श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे

धादिङको गजुरिमा श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे

धादिङ :- धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल र उनकी श्रीमती सुस्मिता सिलुवालबीच एक आपसमा बोलचाल समेत नभएको लामो समय भयो । श्रीमान श्रीमतीबीच असमझदारी बढेपछि श्रीमान चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्ने योजना भए । उनले सोही स्थानमा बस्दै आइरहेका मकवानपुरको राक्सिराङ–९ का ३६ वर्षीय अक्कल बहादुर प्रजालाई श्रीमतीलाई मार्न ४ लाखको सुपारी दिए । अक्कले राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या खटिए । तर पटक–पटकको प्रयासपछि सुस्मिताको हत्या गर्न असफल भएपछि चुडामणिले छिटो काम गर्न नभए रकम फिर्ता गर्न अक्कललाई दवाब दिइ रहे । अन्ततः दवाब सहज नसकेर सुपारी…
Read More
पिपलमोड सडक १० दिन राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने

पिपलमोड सडक १० दिन राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने

धादिङ -त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-पिपलामाेड सडक खण्ड १० दिन बन्द हुने भएको छ । बैशाख २२ गते सोमबारदेखि बैशाख ३१ गते बुधबारसम्म उक्त सडक खण्ड आंशिक रुपमा बन्द गरेर काम गर्न लागिएको हो । सो सडक खण्डको नागस्थान लगायतका स्थानमा असाेज दाेश्राे साता पहिराे झर्दा घण्टाै सडक अवरुद्ध बनेको थियाे । सडक निर्माण सुधार गर्नुपर्ने भएकोले राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने नागढुंगा–मुग्लिन सडक पूर्वी खण्ड योजनाले जनाएको छ । उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर योजनाले सबैमा जानकारी गराएछ । हाल सो सडकको १.८ किलोमिटरमा सडक सुधार गर्न लागिएको हो ।
Read More