Sacho Khabar

गोठबाट हराएको गाई काटिएको अवस्थामा फेला

गोठबाट हराएको गाई काटिएको अवस्थामा फेला

गोठबाट हराएको गाई काटिएको अवस्थामा फेला

  दमक ।। गोठबाट  हराएको गाई काटिएको अवस्था फेला परेको  छ । दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गएराति गाई चोरेर लगेर हत्या गरिएको हो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । विष्टको कोरली गाई कुशल पौडेलको घर अगाडि लगेर काटेको दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए।
Read More
बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहिबारदेखि सञ्चालन आउने

बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहिबारदेखि सञ्चालन आउने

  इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन। त्यस्तै गत जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो। गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन। इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको…
Read More
दुई छोरीको हत्या गरेर फरार रहेकी आमा बिर्तामोडबाट पक्राउ

दुई छोरीको हत्या गरेर फरार रहेकी आमा बिर्तामोडबाट पक्राउ

  बिर्तामाेड । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमालाई बिर्तामाेडबाट प्रहरीले पक्राउ गरेकाे छ । केरा बगानमा मृत फेला परेका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले बुधबार बिहान बिर्तामाेडबाट फेला पारेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला…
Read More
बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते

बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते

  बिर्तामोड ।  पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते भएका छन् । आज साँझ ५ बजे बिर्तामोड बाट चारआली तर्फ जादै गरेको मे १० प ३५४४ नं.को मोटरसाईक र चारालीबाट बिर्तामोड तर्फ आउदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा सवार ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीय  रुपेश बुढाथोकीको टाउको र दाहिने खुट्टामा चोट लागेको अवस्थामा र सोहि स्थानका २४ बर्षीय दिवाङकर राईको टाउको र दाहिने खुट्टामा चोट लागि घाईते भएको प्रहरीले बताएको छ । उनीहरुको…
Read More
गाउँ घर रित्तिए सँगै लास उठाउन मलामी पाइएन!

गाउँ घर रित्तिए सँगै लास उठाउन मलामी पाइएन!

  सिन्धुली ।।  वैदेशिक रोजगारी र बसाइसराइले बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि हारगुहार गरी एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठेको हो । तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हो । उनको सद्गतका लागि घाट लैजान शव बोक्ने मानिस चार जना मात्र थिए । गाउँकै हिम्मतिली महिला मनमाया अधिकारी शव बोक्न कस्सिएपछि कृष्णमायाको शव उठ्न सम्भव भएको हो । केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा ५० जना…
Read More
शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु

शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु

  बिर्तामोड, १७ भदौ : बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो । अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडकपनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरीने बिर्तामोड नगरपालिकाले जनाएको छ । ६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ…
Read More
सप्तरीमा नक्कली नोट छाप्ने मेसिन सहित ८ जना पक्राउ।

सप्तरीमा नक्कली नोट छाप्ने मेसिन सहित ८ जना पक्राउ।

  सप्तरी।।  प्रहरीले सप्तरीको भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने मेसिनसहित ८ जनालाई पक्राउ गरेको छ।   विशेष सुराकीको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले छापा मार्ने क्रममा आठ जनालाई पक्राउ गरेको छ भने नक्कली नोट बनाउन प्रयोग गरिने केही सामान पनि बरामद गरेको छ । छापा मार्न इलाका प्रहरी कार्यालय गहडिया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति केही व्यक्तिलाई पक्राउ बताए ।…
Read More
अमेरिकामा फेरि एक नेपाली मृत भेटिए

अमेरिकामा फेरि एक नेपाली मृत भेटिए

  एजेन्सी। अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत भेटिएका छन्। मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान गत  मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकसमेत रहेका उनी सन् २०१५ मा अमेरिका पुगेका थिए।  अमेरिकामा रहँदा उनले धेरै अवरोधहरू सामना गरेको तथा केही वर्ष पहिले टेक्सासमा बन्दुकधारीबाट लुटिएका थिए। सन् २०१९ उनी न्यूरोलोजिकल रोगबाट पीडित भएका थिए जसका कारण उनी ६ महिनाभन्दा बढी ओछ्यानमा सीमित रहनु परेको थियो। मृतक प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्। यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो।
Read More
आज बुबाको मुख हेर्ने दिन,के छ कुशेऔंसिको महत्व

आज बुबाको मुख हेर्ने दिन,के छ कुशेऔंसिको महत्व

  बिर्तामोड भाद्र १७।। आज भाद्र कुशे औंसी,पर्व पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ। कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष…
Read More