Skip to main content

Sacho Khabar

गाउँ घर रित्तिए सँगै लास उठाउन मलामी पाइएन!

 

सिन्धुली ।।  वैदेशिक रोजगारी र बसाइसराइले बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि हारगुहार गरी एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठेको हो ।

तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हो । उनको सद्गतका लागि घाट लैजान शव बोक्ने मानिस चार जना मात्र थिए । गाउँकै हिम्मतिली महिला मनमाया अधिकारी शव बोक्न कस्सिएपछि कृष्णमायाको शव उठ्न सम्भव भएको हो ।

केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा ५० जना मलामी नघट्ने गरेको वडाध्यक्ष युवराज पहाडीले बताए । बिरामी कृष्णमायाको निधन भएपछि उनका छोरा, वडाध्यक्ष, वडाध्यक्षका भाइ तोयानाथ र अर्का एक जनाले डेढ घण्टा शव बोकेर वाक्सुखोलामा रहेको घाटसम्म पुर्‍याएका थिए । वडाध्यक्ष पहाडी पनि सोही गाउँका हुन् । मृतक कृष्णमायाका एक छोरा र दुई छोरी छन् । ‘घाट टाढा छ, गाउँमा शव उठाउने पनि मान्छे भएनन्,’ वडाध्यक्ष पहाडीले टेलिफोनमा भने, ‘यस्तो अवस्था देख्दा दुःख लाग्छ, अब हामी मरे पनि घाटसम्म लगिदिने मानिस कोही नहुने भए ।’

गाउँबाट घाट टाढा भएकाले त्यहाँसम्म शव पुर्‍याउन पालैपालो ‘काँध फेर्ने’ चलन छ । स्थानीयका अनुसार शव उठाइसकेपछि घाटसम्म नपुर्‍याइन्जेल बीच बाटोमा राख्न र बिसाउन नमिल्ने मान्यता रहँदै आएको यहाँका वृद्धहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...