Sacho Khabar

सप्तरीमा नक्कली नोट छाप्ने मेसिन सहित ८ जना पक्राउ।

 

सप्तरी।।  प्रहरीले सप्तरीको भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने मेसिनसहित ८ जनालाई पक्राउ गरेको छ।   विशेष सुराकीको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले छापा मार्ने क्रममा आठ जनालाई पक्राउ गरेको छ भने नक्कली नोट बनाउन प्रयोग गरिने केही सामान पनि बरामद गरेको छ ।

छापा मार्न इलाका प्रहरी कार्यालय गहडिया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति केही व्यक्तिलाई पक्राउ बताए ।

‘मधुबनीमा सिँचाईका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो,’ एसपी सिंहले भने, ‘उनीहरुको साथबाट केही नगद र नक्कली नोट बनाउने केमिकल र उपकरणहरु बरामद भएको छ ।

उनका अनुसार, पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३७ वर्षीय अमिर खत्री, भारतको सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानीटंकी घर भएका ४० वर्षीय सुवोध कुमार, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टंकी बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुरका ३७ वर्षीय विशाल राई छन् ।

प्रहरीले घटनास्थलबाट ९५ हजार ८०५ नेपाली रुपैयाँ, एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रंगको आठ लिटर केमिकल, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ । उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...