Sacho Khabar

बिर्तामोड वडा नम्बर ३ मा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम

बिर्तामोड वडा नम्बर ३ मा  सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम

बिर्तामोड वडा नम्बर ३ मा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम

  बिर्तामोड, २६ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भईरहेका छन् । संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु धमाधम भईरहेका हुन् । अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भईरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । उहाँले प्लम निर्माणको काम उपभोक्ता समिति मार्फत भईरहेको बताउनु भयो । निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख…
Read More
रौतहटमा स्कर्पियो दुर्घटना ८ जनाको मृत्यु।

रौतहटमा स्कर्पियो दुर्घटना ८ जनाको मृत्यु।

  रौतहट मङ्सिर २५।।   रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा सडक खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ।  दुर्घटनामा चालकको पनि मृत्यु भएको छ। चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी…
Read More
जबरजस्ती करणी  आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर  शिवाकोटी पक्राउ

जबरजस्ती करणी आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर शिवाकोटी पक्राउ

  बिर्तामोड मंसिर २४ ।। आफ्नै  घरमा काम गर्न राखिएकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका – ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटकपटक करणी गरेको आरोप शिवाकोटीमाथि लागेको छ । बालिकाको जाहेरीपछि प्रहरीले आज शिवाकोटीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुबा छैनन । आमा भारतमा छन् । आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक…
Read More
झापाको बुद्धशान्तिमा  बेवारिसे अबस्थामा नवजात शिशु फेला

झापाको बुद्धशान्तिमा बेवारिसे अबस्थामा नवजात शिशु फेला

  बिर्तामोड मङ्सिर २४ ।।    मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे अबस्थामा नवजात शिशु फेला परेको  छ । आइतबार दिउँसो अन्दाजी ३:३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेको हो । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल, भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अबस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् । उनले आफ्नो घरमा ल्याएर राखेको भनी अस्थाई प्रहरी चौकी मंगलबारेमा जानकारी गराएकी थिइन् । नवजात शिशुलाई त्यस वडाका…
Read More
इलाममा रुखले किचेर एकजनाको मृत्यु

इलाममा रुखले किचेर एकजनाको मृत्यु

  इलाम  मङ्सिर २४।।रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगू रुख काट्ने क्रममा हाँगाले लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि तत्काल झापाको बिएनसी अस्पताल लगिएको थियो। उनको उपचारको  क्रममा मृत्यु भएको हो । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए । जवेगुको शव बी एण्ड सी अस्पतालमा नै राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।
Read More
वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’हुने

वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’हुने

  बिर्तामोड मंसिर २४  ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो । त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छिन् । मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका…
Read More
मोबाइल चोर्नकै लागि वृद्धाको हत्या, हत्यारा  पक्राउ

मोबाइल चोर्नकै लागि वृद्धाको हत्या, हत्यारा पक्राउ

  झापा मंसिर ।  झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा  र्वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या गरी फरार भएका  दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ । मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा फरुवा र कलको हेनडलले प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ। मोबाइल चोर्ने उद्देश्यले वृद्धाको हत्या गरिएको प्रहरीले जनाएको छ।  वृद्धाको हत्यापछि चोरी…
Read More
एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित तीन जना पक्राउ

एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित तीन जना पक्राउ

कैलाली : कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले शनिबार  नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई  शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय…
Read More
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ। पहिलो खेल बिहान ९ बजेबाट सुरू हुनेछ। दोस्रो खेल १ बजेबाट सुरू हुनेछ। जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। तर नेट रनरेटका आधारमा भने तीनै खेल जितेको सुदूरपश्चिम रोयल्सभन्दा पछाडि छ। तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो। जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा…
Read More
दमक भ्यु टावरको केपी शर्मा ओलीले भोलि उद्घाटन गर्ने

दमक भ्यु टावरको केपी शर्मा ओलीले भोलि उद्घाटन गर्ने

  बिर्तामोड मङ्सिर २२।।  झापाको  दमकमा निर्माण गरिएको बहुपयोगी १८ तले भवन (दमक भ्यु टावरको) भोलि उद्घाटन हुने भएको छ। दमक नगरपालिका–३ दापगाछीमा  एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको  शिलान्यास गरेका थिए…
Read More