Skip to main content

Sacho Khabar

मोबाइल चोर्नकै लागि वृद्धाको हत्या, हत्यारा पक्राउ

 

झापा मंसिर ।  झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा  र्वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या गरी फरार भएका  दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा फरुवा र कलको हेनडलले प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ।

मोबाइल चोर्ने उद्देश्यले वृद्धाको हत्या गरिएको प्रहरीले जनाएको छ।  वृद्धाको हत्यापछि चोरी भएको कलर ब्रान्डको मोबाइल र साइकल पनि बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानको तालिमप्राप्त कुकुर टोलीको सहयोगमा अनुसन्धान अघि बढाएका थिए। फरार रहेका दुई प्रतिवादीलाई झापा गाउँपालिका-७ मदरगाछबाट  पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...