Skip to main content

Sacho Khabar

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छ।

आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ।

पहिलो खेल बिहान ९ बजेबाट सुरू हुनेछ। दोस्रो खेल १ बजेबाट सुरू हुनेछ।

जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। तर नेट रनरेटका आधारमा भने तीनै खेल जितेको सुदूरपश्चिम रोयल्सभन्दा पछाडि छ।

तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो।

जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो।

यस्तै आज सुदूरपश्चिमको प्रतिस्पर्धी चितवन राइनोज तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ। चितवनले यसअघि काठमान्डु र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...