Skip to main content

Sacho Khabar

शिक्षा

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

  धनुषाधाम : धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन्। आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको रोशन दासले जानकारी दिए। सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए। यहाँ शुक्रवारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा भइरहेको छ। तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन दश जोडीले विवाह र १७० जनाले रक्तदान गरेका हुन्। तेस्रो दिन आइतवार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ।  
Read More
एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

  बिर्तामोड ।। चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। पूर्वी नेपालमा सञ्चालनमा आएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।
Read More
न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड  बाट सम्मानित

न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड बाट सम्मानित

  झापाको बिर्तामोडमा रहेको न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड २०२४ बाट सम्मानित हुने भएको छ । टुरिजम रिसर्च एण्ड ट्रेनिग इन्स्टिच्यूटले हरेक वर्ष आयोजना गर्ने नेशनल टुरिजम कन्फरेन्समा देशभर गठित णसनअल सुस्तैनब्ले टोउरिस्म क्लब (ण्स्ट्क्) हरुमध्येबाट वार्षिक क्यालेन्डर अनुसार न्युट्न्स सम्मानित हुने भएको न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए । इन्स्टिच्यूटले विविध कार्यक्रमहरु गर्दै सक्रिय रहेका क्लब मध्येबाट न्युट्न्स छनोट भएको हो । क्लबले वातावरण, पर्यटन, सरसफाई, शैक्षिक गतिविधि लगायतका क्षेत्रहरुमा काम गर्दै आएको क्लबका संयोजक पवित्रा पौडेलले बताएकी छन् । त्यस्तै भरतपुरमा रहेको मदरलेन्ड सेकेन्डरी स्कुल पनि द मोष्ट एक्टिभ क्लव अफ द इएर २०२४…
Read More
विदेशमा अध्यनकालागि जाने विद्यार्थीहरुलाई स्टडी पार्कको निःशुल्क परामर्श

विदेशमा अध्यनकालागि जाने विद्यार्थीहरुलाई स्टडी पार्कको निःशुल्क परामर्श

  इलाम ।। बिर्तामोड स्टडी पार्क इलाम शाखाले वैदेशिक अध्ययनमा विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एकदिने नि:शुल्क सेमिनार सञ्चालन गरेको छ । उक्त सेमिनारको सहजीकरण श्रुति पराजुलीले गरेकी थिइन् । सेमिनारमा युके अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशहरुमा जान नेपालीहरुले केके कुराहरु अपनाउने, के कस्तो डकुमेन्ट, कलेजको कुन-कुन सेक्टरमा अध्ययन गर्न पाइन्छ लगायतका विषयमा प्रशिक्षण गराइएको बिर्तामोड स्टडी पार्क इलाम शाखा प्रमुख दिलिप पौडेलले जानकारी दिए । बिर्तामोड स्टडी पार्क इलाम शाखाले पछिल्लो समय आयल्स र जापानका कक्षाहरु सञ्चालन गर्दै आएको छ । बिर्तामोड स्टडी पार्कले बिर्तामोडमा मुख्य कार्यालय रहेर फिक्कल, इलाम र भद्रपुरबाट आफनो सेवा दिइरहेको छ । पार्कले…
Read More
एसइइ पुरक परीक्षा आजदेखि सुरु

एसइइ पुरक परीक्षा आजदेखि सुरु

  बिर्तामोड साउन २३।।माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको छ। सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् ।
Read More
कक्षा १२ को पूरक परीक्षा भाद्र २५र२६ गते हुने

कक्षा १२ को पूरक परीक्षा भाद्र २५र२६ गते हुने

  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ । शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्‌ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुई बिषय…
Read More
कक्षा १२ को नतिजा:- ५२ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा:- ५२ प्रतिशत उत्तीर्ण

काठमाडौं। साउन १८।।कक्षा १२मा यस पटक नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। आज सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।  देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए।राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।  नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन चाहीँ केही समय लाग्ने बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।…
Read More
मानव बेचबिखन बिरुद्ध र सुरक्षित बैदेशिक रोजगार बारे कनकाईमा अभिमुखिकरण सम्पन्न……

मानव बेचबिखन बिरुद्ध र सुरक्षित बैदेशिक रोजगार बारे कनकाईमा अभिमुखिकरण सम्पन्न……

झापा।१६ श्रावण। (सिएम शर्मा / चन्द्र बस्नेत)। ।१० औ विश्व मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। करितास नेपाल , कनकाई नगरपालिका र ईलाका प्रहरी कार्यलय सुरङ्गाको आयोजना तथा लायन्स क्लब अफ कनकाई सुरुङ्गा , सुरङ्गा जेसिज , रोटरी क्लब अफ सुरुङ्गा , प्रजापति सामुदायिक वन , कनकाई अटोचालक समूह र बिरिङ्ग माई अटो चालक समुहको सहकार्यमा मंगलबार दुर्गापुर स्थित सगुन रेस्ट्रोमा  कार्यक्रम गरिएको हो । कार्यक्रममा सहजिकरण गर्दै ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रहरी जवान योगेन्द्र राज निरौलाले मानव बेचबिखन कसरी हुन्छ ? मानव बेचबिखन के…
Read More
एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

  रोङ साउन १० ।। इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको एक बिद्यार्थी एक रुपैयाँ बाल बचत अभियानमा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको  दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो । गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत…
Read More
बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु  स्वदेश फर्किए

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किए

  काँकडभिट्टा साउन ६॥ बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए। बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए…
Read More