धादिङ । धादिङको सदरमुकामiमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ५९ मत सहित सिठी समुह बाट लिडिया तामाङ निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ६६ मत सहित बाघ समुहका सोहन गुरुङ निर्वाचित हुनुभएको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गरिएको विद्यालयका प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले बताउनुभयो । ५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयमा ५ सय ३२ जनाले मतदान गरेका थिए…