Skip to main content

Sacho Khabar

चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

धादिङ । धादिङको सदरमुकामiमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो ।

विद्यालयको कप्तानमा १ सय ५९ मत सहित सिठी समुह बाट लिडिया तामाङ निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ६६ मत सहित बाघ समुहका सोहन गुरुङ निर्वाचित हुनुभएको छ ।
विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले  प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गरिएको विद्यालयका  प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले बताउनुभयो ।
५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय  माध्यामिक विद्यालयमा ५ सय ३२ जनाले मतदान गरेका थिए ।
एकजना नायकका लागि ७ जना र एक जना सहनायकका लागि ३५ जना उम्मेदवार रहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार भएको मतदानको मतगणना गरि आज मत परिणाम सार्वजनिक गरिएको हो ।

कार्यक्रममा विद्यालयका निवर्तमान कप्तान संगम गुरूङ र उप कप्तान दिपसन सिम्खडाले ब्याच हस्तान्तरण गरी बधाई दिएका थिए ।यसै अवसरमा प्याब्सन धादिङले आयोजना गरेको चित्रकला प्रतियोगितामा द्वितीय हुने कक्षा ८ का आयुस बराइली, १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेकान्दो तर्फ प्रथम हने विवेक घले, आशिष तामाङ,द्वितीय हुने सुजन सिंह ठकुरी, तृतीय हुने ओसन गुरूङ र कबड्डी तर्फ प्रथम हुने जीवन श्रेष्ठ, रेजिना तामाङ र कविता तामाङलाई पनि सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...