धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा ७ बर्षिया बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नम्बर २ का खेमलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रही कार्यालय धादिङका सूचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । डिएसपी बाईट.... घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरेकी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा फेला परेकी हुन् । थिईन । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।…
धादिङ । नीलकण्ठ नगरपालिका–८, ससाहमा सवारीले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छन्। देउराली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिपक बिकको छोरी ७ वर्षीया दिपिका बि.क. ससाहमा बाटो काट्ने क्रममा अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्। घाइते विकलाई बाटोमा अलपत्र अवस्थामा स्थानीयले फेलापरेपछि तत्काल धादिङ अस्पताल ल्याइएको एक स्थानीयले बताएको छ । घाइते दिपिकाको धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ। उपचारमा परिवारका सदस्य र धादिङ अस्पतालका चिकित्सक समेत सँगै रहेका छन्। दुर्घटना गराउने सवारी र चालकको खोजी भइरहेको केही संका लागेको सवारीहरुको अनुसन्धान भाइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना…