धादिङ- वैशाख १ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो । मोबाईल किन्दा स्कुटर जित्दा खुसी लागेको स्कुटर विजेता सजिना बताउँछिन् । `एसइई दिएर बसेको थिएँ । अफरमै २०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किनेँ । अहिले स्कुटर जितेँ खुसी छुँ´ उनले भनिन्- `एउटा मोबाईल किन्दा स्कुटर जितेँ, यो वर्ष मैले जितेँ ।…