Skip to main content

Sacho Khabar

“एस.ई.ई. दिएर बसेकी खहरेकी सजिनाले पाइन त्रिमूर्ति मोबाइल हाउसको उपहार: स्कूटर।”

धादिङ- वैशाख १

त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्।

धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो । मोबाईल किन्दा स्कुटर जित्दा खुसी लागेको स्कुटर विजेता सजिना बताउँछिन् । `एसइई दिएर बसेको थिएँ । अफरमै २०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किनेँ । अहिले स्कुटर जितेँ खुसी छुँ´ उनले भनिन्- `एउटा मोबाईल किन्दा स्कुटर जितेँ, यो वर्ष मैले जितेँ । तपाईं पनि त्रिमुर्ती मोबाईल हाउस आएर मोबाईल किन्नुस्, अर्को पटक स्कुटर जित्ने पालो तपाईको हो ।´

त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार दिदै आएको प्रोपाइटर इश्वर श्रेष्ठले बताए ।`उपहारमा सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत विभिन्न सामाग्री दिदै आएको थिएँ । तर यो वर्ष स्कुटर थपेँ´ उनले भने- `ग्राहकहरुले विश्वास गरेर त्रिमुर्ती मोबाईल हाउसमा आउनुहुन्छ । थोरै बचेको फाइदाबाट विभिन्न उपहार दिदै आएको थिएँ । व्यवसाय सन्तुष्टि र फाइदा दुवै हो । विशेषत ग्राहकलाई सन्टुष्टि दिन र नयाँ वर्षमा नयाँ काम गर्ने सोचले स्कुटर लगायत विभिन्न सामाग्री उपहार दिएको हो ।´

 

 

 

 

त्रिमुर्ती मोबाईल हाउसले नव वर्षको अवसर पारेर एक कार्यक्रमका विच स्कुटर वितरण गरेको हो । सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत सामाग्री करिव एक सय जनालाई प्रदान गरिएको हो । विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए । अर्को वर्ष हिरोको जुम स्कुटरसाथै हरेक महिना सुनको औँठी लगायत विभिन्न उपहार वितरण गरिने प्रोपाइटर श्रेष्ठले बताए ।

त्यस्तै, नीलकण्ठ नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका महिला विकास निरिक्षक निर्मला केसी र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले नयाँ वर्षको शुभकामना दिदै त्रिमुर्ती मोबाईल हाउसले गरेको उपहार कार्यक्रमले व्यावसायिक क्षेत्रमा निकै ठूलो सहयोग हुने बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...