धादिङ – धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने अभियान स्वरुप बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक र तहगत चरणहरु पुरा गरेकाले बालमैत्री वडाको घोषणा गरिएको बताए । यस्तै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण…