धादिङ- नवलपरासीको बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस एकआपसमा ठोक्किदा २० जना घाईते भएका छन् । पश्चिम नवलपरासीको चिसापानीमा दुर्घटना हुदाँ १४ विद्यार्थी र ६ जना अन्य यात्रु घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परि घैते भएकाहरुलाऐ उप्चारका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग२ख १५७४ नम्बरको बसले उक्त मोटर साईकललाई ठक्कर दिन पुग्यो । मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुबाहक बस अनियन्त्रीत भई सडकमा रोकेर विद्यार्थी चढाउदै गरेको बर्दघाट नगरपालिका-१२ भुताहको ग्लोवल एकेडेमीको लु१ख ८७० नम्वरको बसलाई ठक्कर दिन पुगेको थियो ।
धादिङ- सुनसरीको इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । भवनभित्र फसेका मानिसलाई उद्धार तथा आगो निभाउने काम भइ रहेको छ । सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रण तथा उद्धारको काम भइरहेको छ । यो समाचार तयार पार्दासम्म भित्र फसेका ११ जनाको उद्धार गरिएको छ । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र…