Skip to main content

Sacho Khabar

Day: २०८१ मंसिर १६, आईतवार

हिसान झापाको आयोजनामा विविध खेलकुद कार्यक्रम हुने

हिसान झापाको आयोजनामा विविध खेलकुद कार्यक्रम हुने

 बिर्तामोड ।।    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले  विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिनुभयो । हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताउनुभयो । हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगितामा सहभागी हुन विद्यालयहरुलाई आग्रह गर्नुभएको छ । प्रतियोगितामा विजेता र उपविजेतलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगितमा सहभागी सम्पूर्ण विद्यालयले प्रमाणपत्र प्राप्त गर्ने हिसान झापाका कोषाध्यक्ष रञ्जित…
Read More
निर्माणाधीन पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु

निर्माणाधीन पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु

  रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको  पर्खाल भत्किँदा  पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्। मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको उनले बताए। उक्त झोलुङ्गे पुल मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बन्दै थियो ।
Read More
प्रथम बुद्धशान्ति वडास्तरिय क्रीकेटको उपाधी वडा नम्बर १ लाई

प्रथम बुद्धशान्ति वडास्तरिय क्रीकेटको उपाधी वडा नम्बर १ लाई

  शान्तिनगर । प्रथम बुद्धशान्ति गाउँपालिका वडा स्तरीय पुरुष टि १० क्रीकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले उचालेको छ । आज भएको उपाधी भिडन्तमा वडा नम्बर ३ लाई ८ विकेटले पराजित गर्दै १ ले उपाधी उचालेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। मध्यम लक्ष्य पाएको वाड नम्बर १ ले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो । उपाधी उचाले सङ्गै विजेता वाड नम्बर १ ले नगद २० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र र उपबिजेतामा सिमित वाड नम्बर ३ ले नगद…
Read More