Sacho Khabar

फोनिज झापाको अध्यक्षमा राजवंशी

फोनिज झापाको अध्यक्षमा राजवंशी

फोनिज झापाको अध्यक्षमा राजवंशी

  बिर्तामोड माघ २० ।। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्विरोध निर्वाचित भएका छन् । यसअघि नेपाल पत्रकार महासंघ झापाका सहसचिव भइसकेका राजवंशी लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । फोनिजको उपाध्यक्षमा तिलक योञ्जन तामाङ सचिवमा सन्तोष वेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णु कुल श्रेष्ठ, मिना नेम्वाङ जिके सेमा, सुमन वेघा चयन भएका छन् । अधिवेशनको बन्दसत्रले संघीय महाधिवेशन प्रतिनिधिमा दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ दिलकुमार लावती र…
Read More
महाकुम्भबाट फर्किँदै गरेको नेपाली सवार गाडी दुर्घटना :५ जनाको घटनास्थलमै मृत्यु

महाकुम्भबाट फर्किँदै गरेको नेपाली सवार गाडी दुर्घटना :५ जनाको घटनास्थलमै मृत्यु

  महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ। घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
Read More
झापामा कुटपिटबाट एक जनाको मृत्यु

झापामा कुटपिटबाट एक जनाको मृत्यु

  बिर्तामोड माघ २० ।। झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको हो । सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटना लगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Read More
बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधि बिर्तामोडलाई 

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधि बिर्तामोडलाई 

  बुद्धशान्ति , माघ १९ । भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले उचालेको छ । उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको बर्खा प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले बताए । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् । जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा…
Read More
अमर नेम्बाङ स्मृति साहित्यिक पुरस्कार  कृष्ण धरावासी र  स्वप्निल स्मृतिलाई प्रदान गरिने

अमर नेम्बाङ स्मृति साहित्यिक पुरस्कार कृष्ण धरावासी र  स्वप्निल स्मृतिलाई प्रदान गरिने

  पाँचथर माघ १९ ।। अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान साहित्यकार कृष्ण धरावासी र  युवा कवि स्वप्निल स्मृतिलाई प्रदान गर्ने भएको छ । साहित्य सम्मानबाट सम्मानित हुने धरावासी मदन पुरस्कार विजेता लेखक हुनुहुन्छ भने युवा कवि स्मृतिको ‘बाडुली र सुदूर सम्झना’ नामक कवितासंग्रह प्रकाशित छ । उहाँहरूको साहित्यिक योगदानको कदर गर्दै प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो । राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी नेम्बाङको स्मृतिमा स्थापित यस सम्मान र पुरस्कारको राशि ५०–५० हजार रहेको छ । प्रतिष्ठानले अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर आगामी माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रम आयोजना गरी दुवै स्रष्टालाई…
Read More
प्रशासनद्वारा झापामा हाउजीखेलमाथि प्रतिबन्ध

प्रशासनद्वारा झापामा हाउजीखेलमाथि प्रतिबन्ध

  बिर्तामोड माघ १८ ।। जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो । माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो । महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध सुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो । त्यसैगरी, आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिकबजारमा आयोजना गर्नेगरी…
Read More
न्यूटन्स एजुकेशनद्वारा  बार्षिक उत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिहरूलाई सम्मान

न्यूटन्स एजुकेशनद्वारा बार्षिक उत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिहरूलाई सम्मान

  बिर्तामोड माघ १८।। न्यूटन्स एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। झापाको बिर्तामोड–५ मा रहेको एकेडेमीले बिहीवार विद्यालय परिसरमा विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव मनाउदै  विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक , पूर्व विद्यार्थीहरू र समाजमा विशेष योगदान पुर्‍याउने सामाजिक व्यक्तिहरूलाई सम्मान गरेको हो। सोही अवसरमा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ । यसैगरी विद्यालयलाई सँधै सरसल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावकका रुपमा सविता लिम्बू र दिनेश अधिकारीलाई सम्मान गरिएको छ ।त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा स्त्रीरोग बिशेषज्ञ डा. प्रियङ्का कटुवाल र एडभान्स प्याथोलोजी प्रमुख डा. सीमा…
Read More
बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत  अहेब सापकोटा प्रहरी नियन्त्रणमा

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेब सापकोटा प्रहरी नियन्त्रणमा

  बिर्तामोड । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ । बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीले सापकोटा र ति महिलालाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इन्चार्ज मनपुर चौधरीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको इलाका…
Read More
बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधिको लागि बिर्तामोड र भद्रपुर भिडने

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधिको लागि बिर्तामोड र भद्रपुर भिडने

  बुद्धशान्ति , माघ १७ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका भिडने भएका छन् । आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको बिजेता बिर्तामोड र मेचिनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि भिडन्त तय गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले १०९ रनको सतकिय पारी खेलेका थिए भने याम तिम्सिनाले २८ रन बनाएका थिए। १८० रनको बिशाल लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गर्यो।…
Read More
भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने

भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने

  भद्रपुर, माघ १७ । दोस्रो संस्करणको सौर्य एयर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । यही फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने ढकालले जानकारी दिए । त्यस्तै, प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ । यसैबीच, प्रतियोगितामा विभागीयसहित नेपालका छवटा ए डिभिजन क्लब, भुटान र बंगलादेशका एकएक…
Read More