Skip to main content

Sacho Khabar

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधिको लागि बिर्तामोड र भद्रपुर भिडने

 

बुद्धशान्ति , माघ १७ ।
बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका भिडने भएका छन् ।

आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको बिजेता बिर्तामोड र मेचिनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि भिडन्त तय गरेका हुन् ।

आज भएको पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले १०९ रनको सतकिय पारी खेलेका थिए भने याम तिम्सिनाले २८ रन बनाएका थिए। १८० रनको बिशाल लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गर्यो। गौरादहका लागि प्रतियोगितामा लगातार २ अर्धशतक र आजको खेलमा सतक प्रहार गरेका सुरज न्यौपानेको योगदान जितमा परिणत हुन सकेन ।
बिर्तामोडलाई जित दिलाउन महत्त्वपूर्ण ६६ रनको योगदान दिएका सिवान्स बजगाई खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार,मेडल र ट्रफी प्राप्त गर्न सफल भए ।

त्यसैगरी दोश्रो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिका लाई ११६ रनको ठूलो अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका फाइनल प्रवेश गरेको छ।पहिले ब्याटिङ गरेको भद्रपुर नगरपालिकाले मेचीनगर सामु २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अङ्कित सुवेदीको ४८ र सिद्धार्थ कुमालको ३९ रनको मद्धतमा भद्रपुरले २०६ रनको योगफल तयारी गरेको हो ।मेचीनगरका लागि प्रतियोगिताकै पहिलो ह्याट्रीक संगै एकै ओभरमा जयदेव राजवंशीले ४ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

२०७ रनको ठूलो लक्ष्य पछ्याएको मेचीनगर नगरपालिका १२.१ ओभरमा अलआउट हुँदै मात्र ९० रन बनाउन सफल भयो। भद्रपुरलाई यो सानदार जित दिलाउन ४८ रन बनाउनुका साथै ४ विकेट समेत लिएका अङ्कित सुवेदी भद्रपुरका लागि लगातार दोश्रो खेलमा म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ ,मेडल र ट्रफी प्राप्त गर्न सफल भए ।

प्रतियोगिताको उपाधी भिडन्त माघ १९ गते शनिबार हुने छ। साथै Barkha,s indo- Nepal womens cricket प्रतियोगिताको भोलि शुक्रबार पहिलो खेल हुने छ। जहाँ भारत बाट महिला क्रीकेट टिम आउने छन् । जसमा नेपालका महिला क्रीकेट टोली जो प्रदेश र राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गरेका खेलाडीहरु सम्मिलित हुने छन। शुक्रबार बिहान ११ बजे बाट भारतको महिला टिम र नेपाली महिला टिम बिच खेल हुने बुद्धशान्तिका कोच गोकुल पौडेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...