Sacho Khabar

सांस्कृतिक चाडपर्वका महत्त्व र विशेषताहरू विद्यार्थीलाई सिकाउँदै लिङ्कन मन्टेश्वरीको तिहार शुभकामना कार्यक्रम सम्पन्न

सांस्कृतिक चाडपर्वका महत्त्व र विशेषताहरू विद्यार्थीलाई सिकाउँदै लिङ्कन मन्टेश्वरीको तिहार शुभकामना कार्यक्रम सम्पन्न

सांस्कृतिक चाडपर्वका महत्त्व र विशेषताहरू विद्यार्थीलाई सिकाउँदै लिङ्कन मन्टेश्वरीको तिहार शुभकामना कार्यक्रम सम्पन्न

  बिर्तामोड कार्तिक १३ ।।  लिङ्कन मन्टेश्वरी स्कुलले शुभ-दीपावलीको अवसरमा विद्यालयमा अध्ययनरत सानासाना नानीबाबुहरूसँग देउसी भैलो खेली शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो । तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताए । तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी…
Read More
साफ महिला च्याम्पियनसिप  फाइनल खेलको टिकट विक्री बन्द

साफ महिला च्याम्पियनसिप फाइनल खेलको टिकट विक्री बन्द

   काठमाडौं  ।।   साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमवाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट खरिद नगर्न आव्हान गरेको छ। नेपाल र भारतबीचको सेमिफाइनल खेलमा एन्फासँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको आरोप एन्फाको छ । क्षमताभन्दा बढी टिकट विक्री गर्दा दर्शकको सुरक्षा हिजो चुनौती नै बनेको थियो। माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.सँग सत्यतथ्य बुझ्ने काम भइरहरको पनि एन्फाले जनाएको छ। यसपछि एन्फाले…
Read More
चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

  एकराज प्रधान बिर्तामोड । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार चलचित्र ‘१२ गाउँ’ हेरिरहेका दर्शकहरु सरप्राइज भएका छन् । फिल्म हेरिरहेका दर्शक अचानक पर्दाका कलाकारहरुको रियल इन्ट्री भएपछि सरप्राइज भएका हुन् । ‘१२ गाउँ’का अभिनेता विराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतको निर्माण टिम दर्शकहरुमाझ पुगेका थिए । दर्शकहरुमाझ नजिकिँदै गरेको तिहारको शुभकामना दिँदै चलचित्रका निर्देशक समेत रहेका विराजले चलचित्र सफल बनाइदिनु हुने सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले दर्शकहरुमाझ फिल्मको लोकप्रिय डायलग ‘चट्टै होइन, चैट चैट चैट’ लाइभ प्रस्तुत गर्दा दर्शक उत्साहित भएका थिए । दर्शकले भने ‘समीर भट्ट खोइ, छोरा चाहियो छोरा’ भन्दै हुटिङ लगाएका थिए ।…
Read More
झापा ११ ले जित्यो बेलबारी गोल्डकपको उपाधि

झापा ११ ले जित्यो बेलबारी गोल्डकपको उपाधि

  झापा कार्तिक १० ।।मोरङको  बेलबारीमा आयोजित सातौं संस्करणको आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा  सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफीमा चित्त बुझाएको छ  । निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा झापा ११  ले बाजी मारेको हो । झापाका लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र…
Read More
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ देखि

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ देखि

  बिर्तामोड कार्तिक १० ।।  पहिलो संस्करणमै राम्रो ख्याति कमाउन सफल  भद्रपुर झापा गोल्डकपको  दोस्रो संस्करण आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएको हो । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ । २०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए । झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा…
Read More
करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा मृत्यु

  बिर्तामोड कार्तिक१० ।। झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी लाई सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल लगिएको र उनको हिजो राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले…
Read More
बिर्तामोडको हिकोला रोडलाई एकतर्फी बाटो बनाइने, पार्किङमा आलोपालो प्रणाली

बिर्तामोडको हिकोला रोडलाई एकतर्फी बाटो बनाइने, पार्किङमा आलोपालो प्रणाली

  बिर्तामोड कार्तिक ८ ।।  यातायातका साधन हरूको चाप बढेसँगै अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाइने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट कात्तिक ११ गतेदेखि सडक एकतर्फी बनाइने निर्णय भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए । निर्णयअनुसार अति नै व्यस्त तथा सधैँ जाम हुने काँकरभिट्टा रोडबाट हिकोला रोड हुँदै कृषिथोक रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न निर्णय गरेको छ। त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे सवारी साधन मात्र पार्किङ गर्न पाइने भएको छ । त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड…
Read More
समुद्री आँधी ‘दाना’ को प्रभाव, पूर्वी नेपालमा हावा र हल्का वर्षा को संभावना

समुद्री आँधी ‘दाना’ को प्रभाव, पूर्वी नेपालमा हावा र हल्का वर्षा को संभावना

  झापा  ।।  बङ्गालको खाडी बाट उत्पन्न समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको  छ। जसले गर्दा पूर्वी नेपालमा हावा चल्नु का साथै हल्का वर्षा सुरु भएको  जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ। यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुद्री आँधी ‘दाना’को प्रभावका कारण कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए। ‘समुद्री आँधी दानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो। भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ’, उनले भने।
Read More
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

  बिर्तामोड कार्तिक ८ ।।  साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा   ६ - ० गोल अन्तरले विजयी हुँदै नेपाल  समूह विजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ दशरथ रङ्गशालामा आजसाँझ  भएको खेलमा श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल गरे । योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी…
Read More
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीको आदेश

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीको आदेश

पोखरा कार्तिक ८।। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । रविलाई पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतले दोस्रो पटक ७ दिनको अनुमति दिएको हो । गत शुक्रबार (कात्तिक २) पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार पहिलोपटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न गत आइतबार अनुमति दिएको थियो । सो म्याद सकिएसँगै आज बिहीबार उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । आज…
Read More