मोरङको कानेपोखरी–४ स्थित बयरवन बजारमा हाँस हराएको बिषयमा विवाद हुँदा देवरले भाउजूलाई खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ। बर्ष ५५ की शिवमाया श्रेष्ठ(मग्राती) लाई देवर बसन्तले खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।गत शनिबार राती ९ः३० बजे प्रहरीले निजलाई नेपाल टोलबाट पक्राउ गरेको थियो ।शनिबार बजारको दिन साँझ ६ः३० बजे घरमा हाँस हराएको बिषयमा सामान्य विवाद भएको थियो । विवाद बढ्दै गएपछि देवरले धारिलो हतियार खुकुरी प्रहार गरेको थियो । खुकरी प्रहारबाट शिवमायाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई…
अर्जुनधारा । सोमबारबाट सुरु भएको चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा आज आयोजकसंग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा हुने खेल दिनको २ बजेबाट सुरुहुने आयोजकले बताएको छ । हिजो भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड विजयी बनेको छ। “हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगितामा हरेक टिमले ३ जना नगरपालिकाभन्दा बाहिरका खेलाडीलाई समेत खेलाउन पाउने प्रावधान रहेकाले गोल्डकपमा राष्ट्रिय टिमका खेलाडीहरु समेत मैदान उत्रिएका छन्…
झापा कार्तिक २७ ।। आज कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार आज हरिबोधिनी एकादशी मनाउँछन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा हरिबोधिनी एकादशी मनाइन्छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ। आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता…
काठमाडौं ।। सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णयगरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । “यो व्यवस्था कार्यान्वनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो”, मन्त्री भण्डारीले भने। श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन् । श्रमिकलाई श्रम…
अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिर्तामोड विजयी बनेको हो । बिर्तामोडकालागि खेलको दोस्रो हाफको अन्तिम ३ मिनेटमा श्याम मुर्मुले गोल गरे । त्यसपछि दवाबमा परेको अर्जुनधाराले जवाफी गोल फकार्उन नसक्दा हार बेहार्न पुग्यो । खेलमा एक मात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी पुरस्कार पाए । उनलाई प्रमुख अतिथि अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक…
बिर्तामोड, २५ कात्तिक ।। बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । आज शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिस्चरे रोड देखि पुरानो कृष्णहलसम्मको ३ वटा सडक कालोपत्रे हुँदैछ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरीएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक भोलिसम्ममा सकिने बिर्तामोड नगरपालिकाका सव- ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो । कुल ६ सय ७९ मिटर कालो…
झापा कार्तिक २५ ।। किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक…
बिर्तामोड कार्तिक २४ ।। बिर्तामोड स्थित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट सुरु भएको मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भएको छ। मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । तालिममा बिर्तामोड र कन्काईका गरी पाँच वटा विद्यालयका शिक्षिकाहरुको सहभागीता रहेको थियो। तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । उक्त तालिममा शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए । मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम…
बिर्तामोड कार्तिक २३।। आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको एक समारोहका बीच आज झापाको बिर्तामोडमा विमोचन गरीएको छ । क्यान्सर रोग बाट ग्रसित शिक्षक समेत रहेका लेखक बुढाथोकीको चार बर्षको प्रयासपछि प्रकाशन गरिएको कृतिको शुक्रबार बिर्तामोडमा विमोचन गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी लगायत सम्पूर्ण विशिष्ट व्यक्तिहरूले संयुक्त रुपमा ‘याङरुप’ उपन्यासको विमोचन गरेका हुन् । मेची क्याम्पसका प्राध्यापक तारा विविध, मधु केरुङ, प्राडा बद्री विलास पोखरेल, प्राडा टंक न्यौपाने र डा. बालचन्द्र सुब्बा लगायतले पुस्तकको समिक्षा गरेका थिए । कार्यक्रममा कवि तथा गजलकार रिता…
बिर्तामोड कार्तिक २३।। झापाको बिर्तामोडमा संचालित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । दुईदिन सम्म चल्ने तालिम मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा बिर्तामोड र कन्काई नगरका पाँच वटा विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । तालिमको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल तथा हिसान झापाका सचिव देबेन्द्र हुँमागाईले उद्घाटन गरेका छन् । तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी स्कूल र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको…