Skip to main content

Sacho Khabar

चौथों खुदुनाबारी गोल्डकप, पहिलो खेलमा बिर्तामोडको विजयी सुरुआत

 

अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिर्तामोड विजयी बनेको हो ।

बिर्तामोडकालागि खेलको दोस्रो हाफको अन्तिम ३ मिनेटमा श्याम मुर्मुले गोल गरे । त्यसपछि दवाबमा परेको अर्जुनधाराले जवाफी गोल फकार्उन नसक्दा हार बेहार्न पुग्यो । खेलमा एक मात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी पुरस्कार पाए ।

उनलाई प्रमुख अतिथि अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक सिताराम भट्टराई र शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत भोली हुने दोस्रो खेलमा आयोजक टिमसंग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिनुभयो ।

प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवपसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टिमसहित आयोजकको एक टिम गरेर १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

चौथों खुदुनाबारी गोल्डकपको उद्घाटन

अर्जुनधारा । खुदुनाबारी गोल्डकपको चौथो संस्करण आजबाट सुरु भएको छ । गोलडकपको चौथो संस्करण अन्तर्गत आजबाट अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा संचालन सुरु भएको गोल्डकपको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देनले उद्घाटन गर्नुभयो । मुख्य रेफ्रीलाई उद्घाटन खेलकालागि बल हस्तनान्तरण गर्दै गोम्देनले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहकी बिशेष अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महत्तरा प्रसाईले पानसमा दिप प्रज्वलन गर्नुभएको थियो ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगिता संयोजक तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले स्वागत गर्नुभएको थियो ।

उद्घाटन समारोहमा संयोजक भट्टराईले खुदुनाबारीको इतिहाससहित गोल्डकप आयोजनालाई समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कैदले प्राकृतिक रङशालाको स्तरउन्नती, युवा पुस्ताहरुलाई खेलक्षेत्रमा प्रोत्साहन दिई व्यवसायिक खेलाडीको रुपमा उत्पादन गर्ने, नगरपालिका नगरपालिका बिचको भाइचारा सम्बन्ध बढाउने र कैदेले पर्यापर्यटन क्षेत्रको दिगो बिकासको लागि बढावा दिने, राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद नाराका साथ खुदुनाबारी गोल्डकपलाई निरन्तरता दिदै सभ्य र स्वास्थ्य समाज निर्माण गर्ने लगायतका उदेश्यहरु राखेर प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधि सहित विभिन्नसंघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाका मेयरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...