Sacho Khabar

मेची आँखा अस्पतालमा अब कानको पनि उपचार हुने

मेची आँखा अस्पतालमा अब कानको पनि उपचार  हुने

मेची आँखा अस्पतालमा अब कानको पनि उपचार हुने

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ मा अवस्थित मेची आँखा अस्पतालमा कानको उपचार सेवा थप गरिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सैनिकमोडमा कानको उपचार सेवा समेत थप गरिएको हो। कान उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंले शुभारम्भ गर्नुभयो । आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताउनुभयो । त्यसैगरी १ हजार…
Read More
क्यान झापाको नयाँ समिति गठन अध्यक्षमा पाठक

क्यान झापाको नयाँ समिति गठन अध्यक्षमा पाठक

  बिर्तामोड ।।   कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् । क्यान झापाको १० औँ वार्षिक साधारणसमा तथा पाँचौँ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक शुभको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रञ्जीतकुमार पोद्दारको प्रमुख आतिथ्यमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा लोकनाथ खनाल (लोकप्रिय), सचिवमा खगेन्द्र मिश्र, सहसचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा जेनिशा पोखरेल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा योगेश राजवंशी, तोषराज ठाकुर र बाप्पा शाह तथा संस्थागत कार्यसमिति सदस्यमा गोपाल काफ्ले चयन भएका छन्…
Read More
मनफिलिपिन्समा  आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन

मनफिलिपिन्समा  आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन

  मनिला । फिलिपिन्सको राजधानी मनिलामा  आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्। मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् । फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ । आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए । यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको रामोसले बताए ।…
Read More
सवारी दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

सवारी दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

  इटहरी ।। सुनसरीकाे इटहरीमा आइतबार बिहान भएकाे दुर्घटनामा श्रीमान-श्रीमतीकाे मृत्यु भएकाे छ। नचिनेकाे सवारी साधनकाे ठक्करबाट सखुवासभाकाे धर्मदेवी नगरपालिका ६ बस्ने बर्ष ३२ को युवराज गुरुङ र पछाडि सवार उनकी श्रीमती बर्ष ३२ कि टीका गुरुङकाे मृत्यु भएकाे हाे । आइतबार दिउसाे ११ बजे इटहरी उप-महानगरपालिका १६ बालग्राम स्थित पुर्व पश्चिम राजमार्गमा झुम्का बाट ईटहरी तर्फ आउदै गरेको को ३६ प ५६३७ नं.को माेटरसाइकलमा सवार उनीहरुलाई अज्ञात सवारी साधनले ठक्कर दिएकाे थियाे । गम्भीर घाइते उनीहरुकाे स्थानीय एपेक्स अस्पताल ईटहरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा अस्पताल पठाईएको थियाे । उनीहरुकाे घाेपामा नै मृत्यु भएकाे अस्पतालका चिकित्सकले…
Read More
इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु

इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु

  इलाम ।।  इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ । इलामको सूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो । गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए । अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि मात्रै झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याएकोमा मङ्सिर ६ गते राईको मृत्यु भएको हो ।
Read More
अन्तर्राष्ट्रिय विश्व बाल दिवसको  अवसरमा खुल्ला एकल नृत्य प्रतियोगिता र सास्कृतिक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय विश्व बाल दिवसको अवसरमा खुल्ला एकल नृत्य प्रतियोगिता र सास्कृतिक कार्यक्रम सम्पन्न

  बिर्तामोड  ।।  झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती वडा बाल संजालले अन्तर्राष्ट्रिय विश्व बाल दिवसको अबसरमा बालबालिकाको प्रतिभा पहिचान गर्न खुल्ला एकल नृत्य प्रतियोगिता साथै विविध सास्कृतिक कार्यक्रम गरेको छ । सरस्वती वडा बाल संजालका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षता र झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी सावाँ लिम्बुको प्रमुख आतिथ्यतामा बुधबार भृकुटी मावि दुर्गापुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर गरिएको प्रतियोगितात्मक खुल्ला एकल नृत्य प्रतियोगितामा २५ जनाको सहभागीता रहेको थियोे । प्रतियोगितामा कोपिला कार्की डाेली प्रथम , रितिका लिम्बू द्वितीय , कुसुम डुङ्गाना तृतीय र सविना अोलिले सान्त्वना…
Read More
बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु

बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु

  बिर्तामोड, ६ मंसिर ।।  बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनु भयो । छाडा कुकुरकाकारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुनेगरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने…
Read More
चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जित्यो

चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जित्यो

  अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको उपाधि मेचीनगरले कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।  उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफि पुरस्कार…
Read More
गुल्मीका मेघनाथ अर्यालले फलाए ४०० मुरीधान

गुल्मीका मेघनाथ अर्यालले फलाए ४०० मुरीधान

  झापा ।। : गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एकै व्यक्तिले चार सय मुरी धान फलाएका छन्। स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन्। एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन्। हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ। ‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु। अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ’, अर्यालले भने। उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर…
Read More
इलामको  नयाँबजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने

इलामको नयाँबजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने

  रोशन काफ्ले इलाम। मङ्सिर ४।।     इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने भएको छ । आगमी मंसिर ९ गते देखि मेला लाग्ने भएको हो । गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समितिको व्यवस्थापनमा बर्षेनी धार्मीक रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बालाचतुर्दशीको दिन नयाँबजारमा अवस्थित शिवालय धाम , २०११ सालमा नयाँबजार बसाउन महत्त्वपूर्ण योगदान दिने सन्त श्री बालागुरुको प्रतिमाको दर्शन , उत्तरे पोखरिको दर्शन , आफ्ना पित्रीहरुको सम्झनामा सतबिँउ पलबिँउ छर्ने साथै भाकल पूरा गर्ने दर्शनार्थीहरुको बिहानै देखि…
Read More