ताप्लेजुङ भाद्र ३।। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजकको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र कञ्चनजङ्घा एफसी सिलगुडी भारतले प्रतिष्पर्धा गर्दैछन् । भाद्र १० गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका छन् । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माविको प्राङ्गणमा दिउँसो २ः३० बजे खेलको उद्घाटन हुनेछ । प्रतियोगिताको विजेता नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ सहित ट्रफी पाउने छ । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्वाटरफाइनलका चार खेलमा टिकट दर १ सय, सेमिफाइनलमा २ सय…
काठमाडौँ : २० वर्षमुनिको पुरुष साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा श्रीलंकालाई १–० गोलले हराउँदै घरेलु टोलीले विजयी शुरुवात गरेको हो। नेपालको जितमा खेलको २३औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप कुनै गोल गर्न सकेनन्। जितसँगै नेपालले ३ अंक जोडेको छ। अहिलेसम्म साफ यू-२० का पाँच संस्करण आयोजना हुँदा नेपालले दुईपटक उपाधि जितेको छ। सन् २०१५ मा भएको प्रतियोगितामा नेपालले घरेलु मैदानमा नै भारतलाई हराउँदै उपाधि जितेको थियो। निकै प्रतिस्पर्धात्मक…
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार आज श्रीलंकाको सामना गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन्। योबीचमा नेपालले घरेलु टोली चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। त्यसैले पनि उपाधि रक्षामा थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ। ‘तयारी राम्रो भएको छ। आफ्नै घरेलु मैदानमा प्रतियोगिता हुने भएको कारण ट्रफी यही राख्ने लक्ष्य छ,’ उनले भने।
बिर्तामोड साउन २९।।थाइल्याण्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापा अर्जुनधाराका विवेक गिरीले स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको प्रशिक्षक दिपेन दनुवारले जानकारी दिए । आइतबार नै सम्पन्न २९-३२ तौल समूहको प्रतिस्पर्धामा अर्जुनधाराका प्रिजन नेम्वाङले कास्य पदक जितेका छन् । प्रिजन नेम्वाङले ४५ वटा देशका खेलाडीलाई पराजित गर्दै उक्त पदक आफ्नो बनाएका हुन् । झापाको अर्जुनधाराबाट चार खेलाडीसहित ५ जना थाइल्याण्ड गएका थिए । प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक जितेका थिए । शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन…
काठमाडौँ साउन २७ ।। काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता भएका खेलाडीहरुलाई पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो। राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन्। यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने छन्। साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो। यस्तै…
झापा साउन २७ ।। झापाको अर्जुनधाराका दुई खेलाडीले थाइल्यान्डमा जारी सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् । शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेका हुन शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१–५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए । तामाङ अर्जुनधारा-९ र थापा वडा नम्बर ६ का हुन् । तामाङले पहिलो चरण र सेमिफाइनलमा थाइल्यान्डका खेलाडीलाई हराए भने फाइनलमा फिलिपिनो खेलाडीलाई रोकेर स्वर्ण हात पारेका हुन् । त्यस्तै, थापाले पहिलो चरणमा थाइल्यान्डका खेलाडी र सेमिफाइनलमा माल्दिभ्सका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका…
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि भारतले जिएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ को सेटले पराजित गर्दै लगातार उपाधि जितेको हो। पहिलोपटक काभा नेसन्स लिगको उपाधि उचाल्ने नेपालको सपना चकनाचुर भएको छ। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो। लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो। खेलको पहिलो सेटमा नेपालले नै अग्रता लिएको थियो। नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो। तेस्रो…
काठमाडौँ साउन २२।। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो। यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इराला ३-० को सोझो सेटमा हरायो । नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो। नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई…
काठमाडौंमा जारी काभा महिला भलिबलमा लिगमा नेपाली महिला टोलीले ऐतिहासिक जित हासिल गरेको छ। भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो…
बिर्तामोड साउन१३ ।। महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । अाइतबार सम्पन्न फाइनलमा भारतविरुद्ध ८ विकेटको जीत निकाल्दै श्रीलंकाले उपाधि उचालेको हाे । १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि १८ औँ ओभरको चौथो बलमा काभिसा दिलहरीले छक्का प्रहार गर्दै जीत दर्ता गरेकी हुन् । जीतका लागि ब्याटिङतर्फ श्रीलंकाकी हर्सिता सामराविकरामाले अविजित रहँदै फाइनल खेलकै सर्वाधिक ६९ रन जोडेकी थिइन् । उनले २ छक्का र ६ चौकाको मद्दतमा ५१ बलमा सो रन जोडेकी हुन् । त्यस्तै क्याप्टेन चमारी अथपथ्थुले २ छक्का ९ चौकाको मद्दतमा ६१ रन जोडेकी थिइन् । खेलको सुरुवातमा भिसमी गौनरन्तेलाई गुमाएको श्रीलंकन् महिला…