धादिङ, बेनीघाट बिशालाटार निवासी ५८ वर्षीय राजकुमार बिसुराल आज पनि समाजसेवामा सक्रिय रूपमा लागिरहनुभएको छ। स्थानीय खेलकुद प्रतियोगितादेखि लिएर दुर्घटनासम्मका घटनामा फर्स्ट एड बक्स बोकेर पुग्ने उहाँ, घाइतेलाई तत्काल उपचार प्रदान गर्न सधैं तत्पर रहनुहुन्छ। खेलकुदका मैदानमा जब कुनै खेलाडी घाइते हुन्छ, उहाँ तुरुन्तै दौडिएर पुग्नुहुन्छ र प्राथमिक उपचार दिनुहुन्छ। बेनीघाट र आसपासका क्षेत्रमा हुने विभिन्न सामाजिक तथा आकस्मिक घटनामा पनि उहाँको उपस्थितिले राहत मिल्ने गरेको छ। “समाज सेवा नै मेरो मुख्य धर्म हो,” भन्नुहुन्छ बिसुराल। उमेरले ५८ पुगे पनि जोश, उत्साह र सेवाभावमा उहाँ कुनै युवाभन्दा कम देखिनुहुन्न। उहाँको निरन्तर योगदानले स्थानीय समुदायमा प्रेरणा दिएको छ। यदि स्थानीय…