Sacho Khabar

Day: २०८२ श्रावण २२, बुधबार

गोसाइँकुण्ड मेला सुरु — अध्यक्ष तामाङ भन्छन्: “गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउँदा हुन्छ”

गोसाइँकुण्ड मेला सुरु — अध्यक्ष तामाङ भन्छन्: “गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउँदा हुन्छ”

रसुवा, धुन्चे — साउन २१: रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट प्रसिद्ध गोसाइँकुण्ड मेला आजबाट औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा आयोजना हुने यो मेला हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्व बोकेको छ। मेलाको सुरुवातसँगै देशका विभिन्न भागबाट हजारौं तीर्थयात्री गोसाइँकुण्ड तालतर्फ यात्रा सुरु गरिरहेका छन्। धुन्चे, चन्दनबारी, लौरीबिनायक हुँदै करिब ४३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड पुग्नका लागि लामो पैदल यात्रा आवश्यक हुन्छ। धार्मिक विश्वास अनुसार गोसाइँकुण्डमा स्नान गर्दा पाप नाश हुने र मोक्ष प्राप्ति हुने जनविश्वास छ। भगवान शिवले विष पिएपछि शीतल जलको खोजीमा त्रिशुल प्रहार गरी गोसाइँकुण्ड उत्पत्ति गराएको धार्मिक कथा पनि प्रचलित…
Read More