धादिङ । लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुलमा अध्ययनरत ज्वालामुखी गाउँपालिका–४ की छात्रा रेशु विश्वकर्मालाई एकमुष्ट २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक अवस्था कमजोर रहेका एचए दोस्रो वर्षमा अध्ययनरत उनीलाई सहयोग पुग्ने अपेक्षाले छात्रवृत्ति प्रदान गरिएको क्लवका अध्यक्ष विक्रम विश्वकर्माले बताए । ‘हामीले विभिन्न खालका सामाजिक कार्य गर्दै आएका छौं । कहिले स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गर्यौं’ उनले भने– ‘एचए अध्ययन गरिरहनु भएकी उहाँलाई उत्साह र थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । आशा छ, स्वास्थ्यकर्मी भएर देश र…