धादिङ - १३ साउन शिक्षा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आइरहेको लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनामा तथा पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ–१२, धादिङको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन गरिएको हस्तलेखन तालिम सम्पन्न भएको छ । साउन ११ गते देखि पशुपति माध्यमीक विद्यालयमा सञ्चालित प्रशिक्षण आज एक कार्यक्रमका विच सम्पन्न भएको हो । क्लवका अध्यक्ष नाराणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंवर १२ का अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भण्डारीले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा शिक्षा सुधारमा सकारात्मक असर पार्ने बताउँदै लायन्स क्लबको क्रियाशीलता र प्रतिबद्धतालाई धन्यवाद दिनुभयो । “स्थानीय विद्यालयमा यति महत्त्वपूर्ण तालिम सञ्चालन गर्नु क्लबको सामाजिक…