धादिङ : आज सोमबार बसेको गाउँपालिका सभाको १७औँ अधिवेशनले रु. ९३,३०,३१,०००/– (त्रियानब्बे करोड तीस लाख एकतीस हजार रुपैयाँ)को बजेट पारित गरेको हो । जसमध्ये चालु तर्फ ५८.५३ प्रतिशत र पुँजीगत तर्फ ४१.४७ प्रतिशत खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ । क्षेत्रगत रूपमा आर्थिक विकासका लागि ६ करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासका लागि ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३१ करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड १२ लाख ५० हजार रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ ११ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ…