काठमाडौं : मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको मकवानपुर प्रहरीले बताएको छ । त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा-३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा ४० वर्षको कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न । दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेको…
कक्षा १२ को परीक्षा सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता , राष्ट्रिय परिचयपत्र र पास्पोर्ट बनाउने सेवाग्राहीको भिड अत्यधिक बढेको छ । विशेषतः विद्यार्थीहरू र विदेश जाने तयारीमा रहेका युवाहरूको चापका कारण कार्यालयमा दैनिक सयौंको संख्यामा सेवाग्राहीहरू उपस्थित भइरहेका छन् । सेवाग्राहीको चाप बढेसँगै कार्यालयमा कर्मचारी अभावको समस्या देखिएको छ । दरबन्दीअनुसार पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताउनु भयो । कर्मचारी अभावले छिटो सेवा दिन नसक्दा सेवाग्राहीहरूलाई लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपनेले बताउनु भयो । धादिङ जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरूको चाप व्यवस्थापन…