बिर्तामोड ।। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिनुभयो । हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताउनुभयो । हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगितामा सहभागी हुन विद्यालयहरुलाई आग्रह गर्नुभएको छ । प्रतियोगितामा विजेता र उपविजेतलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगितमा सहभागी सम्पूर्ण विद्यालयले प्रमाणपत्र प्राप्त गर्ने हिसान झापाका कोषाध्यक्ष रञ्जित…
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्। मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको उनले बताए। उक्त झोलुङ्गे पुल मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बन्दै थियो ।
शान्तिनगर । प्रथम बुद्धशान्ति गाउँपालिका वडा स्तरीय पुरुष टि १० क्रीकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले उचालेको छ । आज भएको उपाधी भिडन्तमा वडा नम्बर ३ लाई ८ विकेटले पराजित गर्दै १ ले उपाधी उचालेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। मध्यम लक्ष्य पाएको वाड नम्बर १ ले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो । उपाधी उचाले सङ्गै विजेता वाड नम्बर १ ले नगद २० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र र उपबिजेतामा सिमित वाड नम्बर ३ ले नगद…
बिर्तामोड, १५ मंसिर ।। बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ…
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो । टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए । जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका…
बिर्तामोड मङ्सिर १५।। सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुने भएको छ । तीव्र गतिका कारण झापामा दुर्घटना अत्यधिक भइरहेको छ । ट्राफिक प्रहरीले दुर्घटना कम गर्नेभन्दा राजश्व असुलीमा मात्रै ध्यान दिइरहेको बेला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बसहरुको समयसीमा निर्धारण गर्न लागिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा सुर हुन लागेको टाइमकार्डको शुभारम्भ आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले काँकडभिट्टामा गर्दैछन् । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको हो । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड…
बिर्तामोड मंसिर १२ ।। झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-८ का ३८ वर्षीय थापाको उपचारको क्रममा बिएन्डसी अस्पताल बितामोडमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए । बोलेरोको ठक्करबाट थापा गम्भीर घाइते भएका थिए । उनको अहिले बिहान ०६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी…
झापा। मंसिर ११ ।। झापाको कनकाई नगर पालिकमा गौहत्या भएको छ । कन्काई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको अवस्थामा फेला परेको छ । लीला संग्रौलाको घरमा डेरा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको कोठामा लगेर गाई काटेको अवस्थामा फेला पारिएको हो । उनले हरिकुल स्कुलनजिकबाट दुहुनु गाई चोरेर लगेको बुझीएको छ । गाई काट्ने व्यक्ति फरार रहेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर छानबिन गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा पनि गाई काटिएको अवस्थामा फेला परेको थियो ।
बिर्तामोड, ११ मंसिर ,।। बिर्तामोड नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार कार्यक्रम गरेको छ । नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अभियान अन्तर्गत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मर्यादित समाज निर्माणको लागि कोहि कसैले अर्कोमाथि हिंसा गर्न नहुने धारणा राख्नु भयो । उहाँले लैङ्गिक विभेद सामाजिक अपराध रहेकोले सबै सचेत हुनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्ट, मेची महाकाली बुहारी संयुक्त आवाज…
बिर्तामोड, १० मंसिर ।। बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा 'लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम' सम्पन्न भएको छ । निर्माणधिन बुट्टाबारी- प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताउनु भयो । उहाँले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताउनु भयो । यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद…