बिर्तामोड मंसिर १ ।। बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१आजबाट झापाको बिर्तामोडमा सुरु हुँदैछ ।महोत्सव बिर्तामोड ५ स्थित सिटी सेन्टर उत्तर धर्म काटा रोडमा रहेको खाली मैदानमा आयोजना हुँदै छ। मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सवस्थललाई…
अर्जुनधारा । गौरादह नगरपालिकालाई पराजित गर्दै बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा गौरादह नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमीफाइनल यात्रा तय गरेको हो । बिर्तामोडको जितमा श्याम मुर्मु नायक बने । उनले खेलमा ह्याट्रीक पुरा गरे । मुर्मुले खेलको २१ औं मिनेटमा आशिष चापागाईले प्रहार गरेको फ्रि–किकलाई हेड मार्फत गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएको थिए । उनले पहिलो हाफको अतिरित्त समयमा दोस्रो गोल गरे । खेलको ४७ औं मिनेटमा थप एक गोल गर्दै मुर्मुले ह्याट्रीक पुरा गरे । बिर्तामोडका लागि सनम भुजेल र सुजन…
झापा कार्तिक ३० ।। इलामको माई नगरपालिका –२ चेप्टीमा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ । सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो। वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदातलको आदेशपछि निर्माणकर्ता आफैंले बन्द गरेको कागज बुुझाएको जनाएको छ । कार्यालयले आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र कार्यालयलाई बुुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताए । एकसय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कूूल दुुईसय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स…
बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ आयोजना गरिने भएको छ । बिर्तामोड स्थित सिटीसेन्टर उत्तर धर्मकाटा रोडमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजाइने समेत उनले…
अर्जुनधारा । सनम भुजेलको ४ गोलको मदतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१को सेमीफइनलमा प्रवेश गरेको छ । इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा सनम भुजेलले २५ औं, ४० औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको दोस्रो हाफको अतिरित्त समयमा भुजेलले थप एक गोल गरे । मेचीनगरकालागि कप्तान खमिर गिल्सन कन्दङवाले २३ औं र ४५ औं मिनेटमा २ गोल गरे । अरुण मेचेले ५१ औं मिनेटमा एक गोल र दोस्रो…
बिर्तामोड ।। झापाको बिर्तामोड–१ स्थित बाल्मीकि स्कुलबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलाममा पक्राउ परेका छन् । मंगलवार बिहान अन्दाजी २०:३० बजे बाल्मीकि स्कुल अगाडिबाट मे ६ प २८६७ नं २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । बाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड ५ का सविन शेर्माले स्कुल अगाडि राखेको सो मोटरसाइकल हराएको थियो । हराउनेबित्तिकै त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए । मोटरसाइकल खोजी गर्नेक्रममा हिजो साँझ ५:३० बजे महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित इलाम माई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिश गिरीलाई पक्राउ गरेको हो । गिरीलाई मोटरसाइकलसहित राति नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको…
झापा ।। नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो । यूएईमा बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकप खेल्नका लागि छनोट भएको हो । छनोट सगै आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने सुनिश्चित गरेको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।नोटः यूएईलाई हराउँदै नेपाली महिला टोली विश्वकपमा काठमाडौं । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । यससँगै नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट…
अर्जुनधारा ।। शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो । टाईब्रेकरमा शिवसताक्षीका बिशाल थिङ, मिराक लिङदेन, संजोक मगर र प्रलाद चापागाईले गोल गरे । टेकेन राना मगरको प्रहार कनकाईका गोलरक्षक विवेक वाग्लेले बचाउ गरे । सडनडेथमा शिवसताक्षीका रुद्ध क्षेत्री, निकेश श्रेष्ठ, अनिश थापा, सन्दिप लिम्बू र अविशेक गुरुङले गोल गरे । कनकाईको तर्फबाट टाईब्रेकरमा उमेश मुर्मु, रुचन लिम्बू, गोपाल दाहाल र शाहिल…
अर्जुनधारा ।। भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले पराजित गर्दै भद्रपुर विजयी बन्यो । भद्रपुरका लागि प्रदिप बुढाथोकीले ह्याट्रीकसहित ४ गोल गरे । उनले पहिलो हाफको ३० औं मिनेटमा पहिलो गाले गरेका थिए । ३५ औं मिनेटमा दोस्रो गोल गरेका बुढाथोकीले दोस्रो हाफको १४ मिनेटमा टिमका लागि पाँचौ र व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रीक पुर गरे । पहिलो हाफको ३८ औं मिनेटमा भद्रपुरका लागि उदेस कामतीले तेस्रो गोल गरेका थिए । दोस्रो…