Sacho Khabar

मेचीनगर नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनलमा

मेचीनगर नगरपालिका  खुदुनाबारी गोल्डकपको फाइनलमा

मेचीनगर नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनलमा

  अर्जुनधारा ।। मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो । मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रीक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा तेस्रो गोल गरे । खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै मेचीनगरकालागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका…
Read More
बिर्तामोड झापा कप मङ्सिर २९ देखि, विजेताले १० लाख पाउने

बिर्तामोड झापा कप मङ्सिर २९ देखि, विजेताले १० लाख पाउने

  बिर्तामोड मंसिर ०३।। मोफसलकै चर्चित फुटबल क्लब झापा ११ फुटबल क्लबले बिर्तामोड झापा कप आयोजना गर्ने भएको छ। क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छाल। प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ । झापामा फुटबलको स्तर बढाउने तथा खेल…
Read More
इम्बूङमा संचालित बराहक्षेत्र कात्र्तिके पूर्णिमामेला  फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लवले जित्यो

इम्बूङमा संचालित बराहक्षेत्र कात्र्तिके पूर्णिमामेला फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लवले जित्यो

  ईम्बुङ  पाँचथर ।।  पॉचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२,इम्बूङमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित  खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव फिदिम ७ सिवाले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाल्गुनन्द ५ फाक्तेपलाई ट्राइबेकरमा  पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । प्रतियोगितामा विजेता  नुमाफुङ युथ क्लवले नगद एक लाख दश हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नाम्तोक क्लवले सत्तरी हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यसै…
Read More
शिवसताक्षी नगरपालिका  खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश

शिवसताक्षी नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश

  अर्जुनधारा ।। शिवसताक्षी नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा जारी प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो । शिवसताक्षीको जितमा मिलन राई नायक बने । उनले टिमकालागि २ गोल गरे । राईले खेलको २६ औं मिनेटमा डि–एरियामा बिर्तामोडका गोलरक्षक अविशेक चौधरीले फल्ड गरेपछि पाएको पेनाल्टी प्रहारलाई गोल पोष्ट भित्रबाट जाली चुमाउदै टिमलाई पहिलो अग्रता दिलाए । उनले खेलको ६१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । २–० गोल अन्तरलेपछि परेको बिर्तामोडका लागि ६३ औं मिनेटमा श्याम मुर्मुले एक गोल गर्दै २–१…
Read More
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

झापा ।। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उहाँको निधन भएको उहाँका भान्जा सुरज भट्टराईलाई जानकारी दिनुभयो ।   अस्पतालमा उहाँको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगाना वरिष्ठ अधिवक्ता समेत हुनुहुन्थ्याे । उहाँले तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेल्नुभएकाे थियाे । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान समेत बनाउनुभएकाे छ । २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बन्नुभएका उहाँ पत्रकारिता र शिक्षण पेशामा पनि लाग्नु भएको थियो…
Read More
यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु २९ यात्रु घाइते।

यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु २९ यात्रु घाइते।

  तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा  एकजनाको ज्यान गएको छ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो । यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
Read More
दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  झापा ।। जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकीले धपाउन खोज्दा हात्तीले उनलाई १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको प्रहरीले जनाएको छ।
Read More
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  बिर्तामोड मंसिर ०२ । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–२ रामचौकमा चारपानेबाट मुक्तिचौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई शनिबार साँझ ६ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्ता सिटी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। स्कुटरको पछाडि…
Read More
छिमेकीको रड प्रहारबाट एकजनाको मृत्यु

छिमेकीको रड प्रहारबाट एकजनाको मृत्यु

  बिर्तामोड मंसिर ०२।। झापाको   बाह्रदशी ५ फुलबारीमा शनिवार साँझ पुरानो रिसिवीका कारण विवादमा  रड प्रहार  हुँदा एकको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने २६ वर्षीय मान कुमार राजवंशीले पुरानो रिसिवीका कारण सोही वडाका ४५ वर्षीय गंगा लाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट घाइते माझीको उपचारको लागि बिर्तामोडस्थित बिएण्डसीमा अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए । रड प्रहार गर्ने मान कुमार राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको झापा प्रहरीले जनाएको छ ।
Read More
भद्रपुर नगरपालिका  खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश

भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश

  अर्जुनधारा । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारीत समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालीएको हो । बराबरी भएको खेलमा भद्रपुरकालागि ७ औं मिनेटमा बिकास राईले पहिलो र ४४ औं मिनेटमा प्रदीप बुढाथोकीले दोस्रो गोल गरे । दमककालागि संजय धिमालले २० औं मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए । टाईब्रेकरमा भद्रपुरका संजय लिम्बू, उदेश कामती, प्रदिप बुढाथोकी, बिकास राई र रजिन सुब्बाले गोल गरे । दमककालागि गौरब…
Read More