Skip to main content

Sacho Khabar

खेलकुद

राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार

राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार

  काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार रुपैयाँ पुर्‍याएको छ । एन्फाको मंगलबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीको मासिक पारिश्रमिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । नेपालका महिला र पुरुष दुवै टिमका खेलाडीले समान ३० हजार रुपैयाँ पाउने छन् । यसअघि, एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई मासिक १८ हजार रुपैयाँ दिँदै आएको थियो । यस्तै, एन्फाले फिफा ब्याच प्राप्त रेफ्रीहरूलाई मासिक २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ ।
Read More
U 20 साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई , फाइनलमा नेपाल ४-१  गोल अन्तरले पराजित

U 20 साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई , फाइनलमा नेपाल ४-१ गोल अन्तरले पराजित

  काठमाडौँ ।। घरेलु टोली नेपाललाई पराजित गर्दै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए । नेपालका लागि एक गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका हुन् ।…
Read More
ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लबले जित्यो।

ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लबले जित्यो।

  ताप्लेजुङ  ।। दोश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लव मोरङले जितेको छ। सहलेस युवा क्लव सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै  सगरमाथा मोरङले उपाधि जितेको हो। सगरमाथा युथ क्लवका विजय भुजेलले खेल शुरू भएको दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। भुजेलको गोल नै उपाधिका लागि निर्णायक बन्यो। मध्यान्तरपछि आक्रामक खेल भए पनि दुबै टिमले गोल गर्न सकेनन्। उपाधिसँगै सगरमाथाले नगद ५ लाख हात पारेको छ। उपविजेता सहलेस सिरहाले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
Read More
डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

  गत संस्करणको उपविजेता टोली बङ्गलादेश  डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै साफ U 20 फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता भारतलाई  पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो। अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १-१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो । बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको‌ पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा‌ पुर्याए हुन् । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बंगलादेशले हितका लागि पेनाल्टी सुटआउटसम्म कुर्नु परेको थियो। दोस्रो हाफमा गोल गर्दै खेलमा फर्के पनि पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएसँगै भारत उपाधि…
Read More
भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

  काठमाडौँ  ।। घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यू२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा टाइब्रेकरमा ४-१ को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत…
Read More
साफ U२० च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, भारतले बङ्गलादेश तथा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

साफ U२० च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, भारतले बङ्गलादेश तथा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

  काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘बी’को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्‍यो। प्रतियोगितामा समूह ‘बी’ बाट भारत दुई खेलमा दुवै जितसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा नेपाल समूह ‘ए’ बाट समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। समूह ‘बी’बाट माल्दिभ्स बाहिरिँदा भुटानले उपविजेताका रुपमा नेपालसँगको भेट पक्का गर्‍यो। समूह ‘ए’ बाट श्रीलंका बाहिरिँदा बंगलादेश उपविजेता बनेको थियो। अब फाइनल प्रवेशका लागि भारतले बंगलादेशको सामना गर्दा नेपाल र भुटान भिड्ने छन्। शुक्रबार भारतविरुद्ध राम्रो प्रदर्शन गरेको माल्दिभ्स इन्जुरी समयमा गोल खान…
Read More
आर्मीलाई हराउँदै बिर्तामोड युनाइटेड ‘ताप्लेजुङ गोल्ड कपको’ सेमीफाइनलमा प्रवेश

आर्मीलाई हराउँदै बिर्तामोड युनाइटेड ‘ताप्लेजुङ गोल्ड कपको’ सेमीफाइनलमा प्रवेश

  ताप्लेजुङ भाद्र ६ ।। त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्बल, झापा  ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ स्थित भानुजन माविको खेलमैदानमा विहीबार भएको क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा झापाले तीन गोल गरेको हो । खेलको ४६औँ मिनेटमा झापाका अविशेक गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । त्यसपछि खेलको ६५औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै झापाको अग्रता दोब्बर पारेका थिए । त्यसको एक मिनेटपछि खेलको ६६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै झापालाई ३–० गोलअन्तरको जित…
Read More
बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

  साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्। बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल…
Read More
गोल वर्षा भएको खेलमा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब विजयी

गोल वर्षा भएको खेलमा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब विजयी

  ताप्लेजुङ भाद्र ३ ।। आजबाट ताप्लेजुङको सदरमुकाम फुङ्लीङमा सुरु भएको दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल  प्रतियोगितामा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले विजयी सुरुवात गरेको छ। आज भएको उद्‌घाटन खेलमा पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७-५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको हो । विजय भए सँगै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अब संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको यत्रा यही अन्त्य भएको छ । भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब…
Read More
भुटानमाथि १–० को जित हासिल गर्दै साविक विजेता भरत बिजयी

भुटानमाथि १–० को जित हासिल गर्दै साविक विजेता भरत बिजयी

  साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक सावित भयो। प्रतियोगिताअन्तर्गत भोलि मंगलबार बंगलादेशले श्रीलंकासँग खेल्नेछ।
Read More