झापा साउन २८।। भारतको पश्चिम बङ्गाल बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन्। मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो। घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै भएको हो। ठक्कर…
एजेन्सी।। ब्राजिलको साओ पाउलो राज्यमा एक विमान दुर्घटना भएकाे छ। विमानमा सवार सबै ६२ यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे। सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो। स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको…
बिर्तामोड साउन २३।।रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्पादनतर्फको क्षेत्रमा काम गर्न जान इच्छुक ६६ हजार ३२६ जना नेपाली युवा दोस्रो चरणको भाषा परीक्षामा सहभागी भएका थिए । भाषा परीक्षामा सहभागीमध्ये आठ हजार ९६५ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले अब सीप परीक्षा दिन पाउनेछन् । केही दिनपछि उनीहरूको सीप परीक्षा हुने इपीएस शाखाले जनाएको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आज सोमबार राजीनामा दिएकी छिन् । बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको छ । अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको उल्लेख छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो । उनले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेकी थिइन् । तर त्यसो गर्ने मौकासमेत नदिइएको समाचार एजेन्सीहरुले लेखेका छन् । सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समयसेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका…
भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो सङ्ख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको…
एजेन्सी भारतको केरल राज्यमा पहिरो जाँदा २४ जनाको मृत्यु भएको छ। केरलको वायनाडस्थित मेप्पाडी क्षेत्रमा आज बिहान गएको पहिरोमा परी अझै ७० जना घाइते छन् भने एक सय जनाभन्दा बढी पुरिएको हुन सक्ने अनुमान गरिएको छ। बीबीसीका अनुसार केरलका स्वास्थ्य मन्त्री वीना जर्जले घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको भन्दै पहिरोमा पुरिएकाहरूको उद्धारको काम भइरहेको बताएकी छिन्। उनले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि बताइन्। अझै पनि त्यस क्षेत्रमा वर्षा भइरहेको हुँदा उद्धार कार्यमा कठिनाई भइरहेको उनको भनाइ छ।
बिर्तामोड साउन१३ ।। महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । अाइतबार सम्पन्न फाइनलमा भारतविरुद्ध ८ विकेटको जीत निकाल्दै श्रीलंकाले उपाधि उचालेको हाे । १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि १८ औँ ओभरको चौथो बलमा काभिसा दिलहरीले छक्का प्रहार गर्दै जीत दर्ता गरेकी हुन् । जीतका लागि ब्याटिङतर्फ श्रीलंकाकी हर्सिता सामराविकरामाले अविजित रहँदै फाइनल खेलकै सर्वाधिक ६९ रन जोडेकी थिइन् । उनले २ छक्का र ६ चौकाको मद्दतमा ५१ बलमा सो रन जोडेकी हुन् । त्यस्तै क्याप्टेन चमारी अथपथ्थुले २ छक्का ९ चौकाको मद्दतमा ६१ रन जोडेकी थिइन् । खेलको सुरुवातमा भिसमी गौनरन्तेलाई गुमाएको श्रीलंकन् महिला…
एजेन्सी।। सुन्दर सेन नदीमा डुंगामा परेड गर्दै र पुरानो परम्पराबाट पछि हट्दै ३३औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका प्रमुख थोमस बाख एक साथ थिए । फ्रान्सेली फुटबलर महान जिनेदिन जिदानलाई एक पूर्व रेकर्ड गरिएको भिडियोमा ओलम्पिक टर्च लिएर पेरिसको सडकमा दौडिएको देखाइएको थियो । ओस्टरलिज ब्रिजबाट सुरु भएको छ किलोमिटर परेडमा २०६ देशका ६ हजार ८ सयभन्दा बढी खेलाडी र ८५ वटा डुङ्गामा शरणार्थी ओलम्पिक टोलीलाई लिएर गएको थियो । टोलीहरू…
नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरिएको छ। पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको हो। दोस्रो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भएको नेपाल मंगलबार समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भयो। भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो। नेपाली ओनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन्। २२ बल खेलकी उनले तीन चौका प्रहार गरिन्। रुबिना क्षेत्री १५, इन्दु बर्मा १४ रनमा आउट हुँदा बिन्दु रावल १७ र सबनम राई एक रनमा…
झापा असार ३१। लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता लाउटारो नायक बने । उनले प्रतियोगितामा यो पाँचौ गोल हो ।…