बिर्तामोड । प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो । जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो । केन्द्रीय स्कुल विभागको सहजीकरणमा सञ्चालित प्रशिक्षक प्रशिक्षणमा स्कुल विभागमा सदस्य प्रा.डा. तत्व तिम्सिना र रामशरण प्याकुरेलले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक प्रशिक्षणमा शिक्षण, प्रशिक्षण र सहजीकरण विधि, मस्तिष्कमा आधारित सिकाई, प्रशिक्षणलाई रोचक र प्रभावकारी बनाउने विधि,सिकाई आवश्यकताको पहिचान, लक्ष्य तथा…
काठमाडौँ पुस १७ ।। गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘…यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’ उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त…
झापा पुस ०८ ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए । प्रहरीको गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो ।
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सीआईबीको प्रहरी टोलीले शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । रविलाई पक्राउ गर्न सीआईबीका एसपी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएका थिए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर…
विराटनगर। । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस प्रदेश सभा सदस्य केदार कार्कीले अनसन सुरु गरेका छन् । आफूले सरकारको नेतृत्व गर्दा सुरु गरेका योजनाहरु काटिएको भन्दै प्रदेश सभा अघि बनस्खण्डीमा अनसन बनेका हुन् । उनले यसअघि नै वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न माग राखेर अनसन बस्ने चेतावनी दिएका थिए । मुख्यमन्त्री समक्ष विभिन्न ९ माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । तर मुख्यमन्त्रीले त्यसबारे कुनै चासो नदेखाइएको भन्दै मंगलबार दिउँसोबाट अनसन सुरु गरेका हुन् । उनले १० वर्ष मुनिका प्रदेशको बलबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंशेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा संचालन भएको शैलजा आचार्य मुटु रोग उपचार…
काठमाडौँ भाद्र २५ ।। सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन्। संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले पछिल्लो समय पद अनुकूलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे। ‘उपसभामुखले पदअनुकूलको आचरण-व्यवहार गर्नुभएको छैन। पदीय मर्यादाको कुरा गर्नुभएको छैन,’ बर्तौलाले भने,…
विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्। २१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपरने बताए । सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए। मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा अप्रत्क्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए। निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै…
काठमाडौं भाद्र १९।। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ। दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । हिमाल पग्लिनुका साथै समुद्रको तापक्रम बढ्दा जलवायु परिवर्तनमा पर्ने प्रतिकूल असरले मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसारको उचित वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो ।…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परेर बाँचेको कारणले पनि आफूलाई कसैको डरभर नभएको बताएका छन्। शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि घटनाको अन्तमा पुग्नेबित्तिकै धेरैलाई धेरै चिज मन नपर्न सक्ने बताउँदै यस्तो बताएका हुन्। ‘म पनि हेलिकोप्टर दुर्घटनामा परेको हुँ, ५ हजार फिटबाट झरेको हुँ। फेरि पनि बँचे, फाउकै जीन्दगी हो। त्यसकारण धेरै डरभर मलाई पनि छैन,’ प्रधानमन्त्री ओलीले भने। उनले क्याप्टेन थापातर्फ हेरेर बल्दाबल्दैको हेलिकप्टर दुर्घटनाबाट बँचेर आएको भन्दै डराउनुपर्ने कुनै कारण नरहेको सम्बोधनको क्रममा बताए। ‘यहाँ त मुख्य मुख्य घटनाको मात्रै वर्णन गरिएको छ। यो…
काठमाडौँ —जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए । बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ । उनले भने, ‘कांग्रेस तथा कम्युनिष्टहरुको…