Skip to main content

Sacho Khabar

झापा एमालेले तयार गर्यो ३० जना प्रशिक्षक

 

बिर्तामोड । प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो ।
जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो । केन्द्रीय स्कुल विभागको सहजीकरणमा सञ्चालित प्रशिक्षक प्रशिक्षणमा स्कुल विभागमा सदस्य प्रा.डा. तत्व तिम्सिना र रामशरण प्याकुरेलले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षक प्रशिक्षणमा शिक्षण, प्रशिक्षण र सहजीकरण विधि, मस्तिष्कमा आधारित सिकाई, प्रशिक्षणलाई रोचक र प्रभावकारी बनाउने विधि,सिकाई आवश्यकताको पहिचान, लक्ष्य तथा उद्देश्यहरु, मस्तिष्क अध्ययन, अनुगमन तथा मुल्याङकन, प्रशिक्षण व्यवस्थापन, सञ्चार र प्रस्तुति शैली, समृद्धिका निम्ति नेतृत्व र व्यवस्थापन, पार्टी कामको प्रभावकारी सहजीकरण, समृद्ध नेपाल र सुखी नेपालीमा हाम्रो भूमिका, समृद्धिका चुनौतिहरु, समृद्धि र यसका आयामहरु, मापन र उपाय लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो । सहभागी प्रशिक्षार्थीहरुले समृद्धिको मापन र योजना लगायतका विषयहरुमा प्रस्तुति गरेका थिए । उनीहरुलाई प्रशिक्षकको रुपमा अभ्यास समेत गराइएको थियो ।
पार्टी कामलाई व्यवस्थित र प्रभावकारी बनाउन तल्लो तहसम्म विषयगत प्रशिक्षणहरु सञ्चालन गर्न प्रशिक्षक तयार गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।
फागुन १३ गतेदेखि सञ्चालित प्रशिक्षक प्रशिक्षण तालिम शनिवार सम्पन्न भएको स्कुल विभागका सचिव विजय तिम्सिनाले जानकारी दिनुभयो ।
एमाले झापा जिल्ला अध्यक्ष गिरीको अध्यक्षता, केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा केन्द्रीय सदस्य दिपक कार्की, गौरादहका नगरप्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, नमूना पाहुना घरका अध्यक्ष वेदनिधि चापागाई लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...