Skip to main content

Sacho Khabar

Day: २०८२ चैत्र २९, आईतवार

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन् । अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । अर्याल आफ्नै पालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्न गृहजिल्ला जान लागेका हुन् । आज बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिँदैछ । सभामुख अर्यालकै प्रमुख आतिथ्यतामा यो कार्यक्रम हुन लागेको हो । उनले नै घोषणा गर्ने कार्यक्रम रहेकोछ ।
Read More