“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक वर्ष मार्च २४ का दिन मनाइने राष्ट्रिय क्षयरोग दिवसले मानव स्वास्थ्यका लागि अझै चुनौतीका रूपमा रहेको क्षयरोग (TB) विरुद्धको लडाइँलाई थप सशक्त बनाउने अवसर प्रदान गर्दछ । सन् १८८२ मा डा. रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएको दिनको स्मरणमा मनाइने यो दिवसले आजको युगमा पनि TB नियन्त्रणका लागि निरन्तर प्रयास आवश्यक रहेको सन्देश दिन्छ । नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याको रूपमा विद्यमान छ । यद्यपि पछिल्ला वर्षहरूमा निदान, उपचार र निगरानीमा उल्लेखनीय सुधार भएका छन्, तर अझै पनि धेरै…