धादिङ -जेन-जी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् । यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताउनुभयो । प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यो घटनाले गाउँ नै स्तब्ध छ । यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ?…