Skip to main content

Sacho Khabar

धादिङमा राष्ट्रपति रनिङ शिल्ड १४ औं जिल्ला स्तरीय प्रतियोगिता बैशाख ११ देखि हुने

धादिङ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता यही बैशाख ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने भएको छ।

समितिका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार जिल्लाका सबै स्थानीय तहले लाखौं रुपैयाँ खर्च गरेर आफ्ना प्रतिनिधि खेलाडीहरू चयन गरिसकेका छन्। यसअघि प्रतियोगिता नहुने आशंका गरिए पनि अब प्रतियोगिता हुने पक्का भएपछि खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू उत्साहित भएका छन्।

गत वर्ष सम्पन्न १३ औं संस्करणमा नीलकण्ठ नगरपालिकाले विजयी हुँदै उपाधि जितेको थियो। यसपटक पनि नीलकण्ठ नगरपालिका तेस्रोपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। उता, गत वर्षको उपविजेता थाक्रे गाउँपालिका यसपटक विजेता बन्ने मनोवृत्तिका साथ प्रतिस्पर्धा गर्ने तयारीमा रहेको छ।

नयाँ इतिहास रच्ने तथा प्रदेश र केन्द्र स्तरको छनोटमा पुग्ने लक्ष्य सहित गजुरी गाउँपालिका,बेनिघाट रोराङ गाउँपालिका लगायत अन्य पालिका/नगरपालिका खेलाडीहरु पनि प्रतियोगितामा सक्रिय सहभागीता हुने तयारीमा छ्न्।

प्रतियोगितामा जिल्लाभरिका उत्कृष्ट प्रतिभाहरू उदाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...