Skip to main content

Sacho Khabar

मोटरसाइकल दुर्घटनामा घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

 

बिर्तामोड असोज १४ ।।   झापाको बिर्तामोड १० ठुटेबरमा मोटरसाइकल दुर्घटनामा, परी गम्भीर घाइते भएका मोटरसाइकल चालक  अनिस न्यौपानेको मृत्यु भएको छ !

गएराति करिब ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २७ वर्षीय  न्यौपानेको गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार, मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो।  टाउको र दुबै खुट्टामा चोट लागेका न्यौपानेलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल भर्ना गरिएको थियो।  उपचारकै क्रममा आज दिउँसो २ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार, बिर्तामोड–१० का ३८ वर्षीय टिकाराम राय पनि दुर्घटनामा घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनको पनि  बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...